Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट सोमबार एक महिलाको मृत्यु भएको छ । गाउँ छिरेको बाघको आक्रमणबाट मनहरी-७ रमौलीकी ४२ वर्षीया सरस्वती बतौंलाको मृत्यु भएको हो । घरनजिकै घास काट्न गएकी बर्तौलालाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट अन्य २ जना घाइते भएका छन् । आक्रमणबाट घाइते भएका स्थानीय राजकुमार अर्यालको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
– अनलाइन खबरबाट ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





