Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
पोखरा । खेलौनाको निहुँमा पोखरामा एक बालिकाको हत्या भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया छोरी विहानीको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार आइतबार साँझ खेल्नका लागि विहानी घरबाट ९ वर्षीय दाजुसँग बाहिर निस्केकी थिइन् ।
खेल्ने क्रममा घर नजिकै रहेको वर्कसप ‘निट एण्ड क्लिन सर्भिस प्वाइन्ट’मा काम गर्ने किशोर आए । एकछिन सँगै खेलेपछि पुन थरका किशोर र बहिनी विहानी वर्कसप भन्दा केही पश्चिमबाट दक्षिणतर्फको बाटो लागे । विहानीका दाजु भने घर फर्किए ।
राति ८ बजेसम्म पनि विहानी घरमा नफर्केपछि उनको खोजी सुरु भयो । सुरुमा त आमालाई खेल्न गएकी छोरी केहिबेरमा फर्किन्छिन भन्ने थियो तर रातिसम्म घर नफर्केपछि प्रहरीलाई समेत खबर भयो ।
त्यस क्रममा विहानीका दाजुबाट बहिनीसँग वर्कसपमा काम गर्ने पुन थरका किशोर रहेको थाहा भयो । र, उनलाई प्रहरीले केरकार गर्ने वित्तिकै उनले हत्या गरेर शव पुरेर आएको खुलासा भयो । साँझ ७ बजे हराएकी विहानीको शव राति १० बजे भेटिएको थियो ।
ढुंगाले हानेर हत्या
प्रहरीका अनुसार किशोरले प्रारम्भिक बयानका क्रममा हत्या स्वीकार गरिसकेका छन् ।
किशोरका अनुसार रिमोटबाट चल्ने खेलौना खेल्ने क्रममा खोसाखोस भयो । खोसाखोसको क्रममा किशोरले खेलौना आफ्नो हातमा पार्न बालिका विहानीलाई ढुंगाले टाउकोमा प्रहार गरे ।
ढुंगाले हानेपछि विहानीको टाउकोबाट रगत आयो र रुन/कराउन थालिन्, त्यहीँ बेला किशोरले विहानीको आमाले थाहा पाए आफूलाई पिट्ने सोचेर नजिकैको खाली बोराले घाँटी कसेर हत्या गरे ।
हत्यापछि नजिकै रहेको खुल्लाचौरको झाडीमा लगेर सिमेन्टको १२/१५ वटा बोराले छोपे र कसैले नदेखोस् भनेर टाउको तिर सिमेन्टको बोरामा आधा भरिएको वालुवाले टाउको छोपिदिए ।
किशोरले हत्या गर्दा कपडामा रगत लागेपछि त्यो कपडा बाकसमा राखेको बयानसमेत दिएका छन् ।
तर, केहिबेरपछि नै उनले हत्या गरेको कुरा प्रहरीको केरकारमा खुल्यो । हत्यामा संलग्न पुनको स्थायी घर र आफन्त पत्ता नलागेको प्रहरीले जनाएको छ ।
उनी एक महिना अघिमात्र वर्कसपमा काम गर्न थालेको खुलेको छ । यसअघी उनी स्याङ्जामा अंकल पर्नेको घरमा काम गरेको खुलेपनि अंकलको नाम नखुलेको प्रहरी श्रोतको भनाइ छ ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले बालिकाको हत्या नै भएको बताए ।
उनले खेलौनाको निहुँमा हत्या भएको देखिएको भन्दै बलात्कार भए/नभएको बारे भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने बताए ।
किशोरमा मानसिक समस्या भए जस्तो देखिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक -डीएसपी) खड्कबहादुर खत्रीले जानकारी दिए ।
डीएसपी खत्रीका अनुसार किशोरले सानैदेखि आफूले खेपेका अभाव र समस्याहरु डायरीमा लेख्ने गरेको र त्यो हेरेर विक्षिप्त हुनेगरेको खुलेको छ ।
मृतक बालिका विहानीको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
पोष्टमार्टमपछि परिवारलाई शव बुझाइने प्रहरीले जनाएको छ । यसैबीच, मृतक विहानीको आमा छोरीको हत्या भएपछि विक्षिप्त बनेकी छन् ।
उनी कहिले बेहोस् हुने त कहिले छोरी विहानी भन्दै बर्बराउने गरेकी छन् । विहानीका बुबा भने नवलपरासीबाट पोखरा आउँदै गरेको पारिवारिक श्रोतले जनाएको छ ।
- अनलाइन खबरबाट ।