‘नाईं नभन्नु ल ५’ मा केकी

नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा गरिएको छ । मैतीदेवी मन्दिरमा निर्माण टिम र कलाकारको उपस्थितिमा फिल्मको पूजाआजा गरिएको हो । चैत १२ गतेबाट छायांकन सुरु हुने फिल्मलाई निर्देशक विकास राज आचार्यले निर्माण र निर्देशन गर्दैछन् । ‘नाईं नभन्नु ल ५’ मा अभिनेत्री प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मीको निरन्तरता रहनेछ । यस्तै, स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी पनि फिल्ममा लिड रोलमा अनुवन्धित भएका छन् । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक आचार्यले अभिनेत्री केकी अधिकारी पनि फिल्ममा भित्रिएको जानकारी दिए । उनले भने, ‘उहाँको विशेष भूमिका छ । स्क्रिप्ट सुनेपछि उहाँले एकै पटकमा फिल्म गर्ने वचन दिनुभयो ।’ केकीको भूमिकाको विषयमा भने उनले केही खुलाउन चाहेनन् । वर्ष २०७५ को भदौ ८ गतेलाई प्रदर्शन मिति लक गरिएको यो फिल्ममा प्रियंकाले स्वस्तिमाको आमाको भूमिका निर्वाहा गर्ने छिन् । ‘नाईं नभन्नु ल ५’ मा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ । निर्देशक आचार्य उक्त फिल्मबाट नयाँ नायक लञ्च गर्दैछन् । नाम भने गोप्य राखिएको छ । सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद फिल्ममा छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित