Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
अल्डरशट, स्थानीय नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटी (जी. आर. एन. सी.)ले नेपाली नयाँवर्ष वि.स.२०७५ भव्यताकासाथ मनाउने भएको छ । अल्डरसटस्थित एम्पाएर हलमा आगामी अप्रिल १४ तारिखका दिन साँझ ६ बजेबाट शुरु हुने उक्त कार्यक्रममा नेपाली र स्थानीय इङ्ग्लिश समूदाय लगायत इन्डियन, पाकिस्तानी, श्रीलंकन समूदाय समेतको सहभागिता रहने कुरा प्रवक्ता प्रमिला राइले बताएकी छन् । कार्यक्रमको लागि गत फेब्रुअरि ०६ देखि स्थानीय नेपाली युवा युवती तथा नानीहरुलाई हरेक सोमबार र बुधबार साँझ ५ बजे देखि ८ बजेसम्म नृत्य एवं गायनको तालिम भैरहेको छ । जसको दिक्षान्त ६ वटा नृत्य सहित नयाँवर्षकै दिन गरिने र नेपाली तथा अंग्रेजी गीत, थप ३ वटा प्रोफेसनल नांच लगायत प्रथम नौमती बाजा गुल्मी यूके र नेपालबाट आएका कलाकारको समेत बेजोड प्रस्तुतिरहने कुरा कुरा संयोजक बरिष्ठ उपाध्यक्ष राम धन राइले बताएका छन् । ग्रेटर रशमोर नेपाली कम्युनिटीबाट गरिने सबै कार्यक्रमको मुख्य लक्ष्य भनेको स्थानीय समूदायसंगको सामिप्यता एवं आपसी सकारात्मक तालमेल भएको र अहिलेको परिवेसमा स्थानीय काउन्सिल, प्रहरी र प्रशासनसँग ग्रेटर रशमोर नेपाली कम्युनिटीको सुमधुर सम्बन्ध र सहकार्य हुँदै आइरहेको छ । जीआरएनसीबाट गरिने हरेक कार्यक्रममा स्थानीय काउन्सिलको प्रत्येक्ष सहयोग एवं सहभागिताको लागि स्वयम काउन्सिल लिडरबाट नेपाली नयाँवर्षलाई आफ्नो क्यालेण्डरमा समावेस गरेबाट बिगत वर्षहरुमाभन्दा यो वर्ष अलि बढी फरक समूदायका मानिसहरुको सहभागिता रहने आशा गरिएको छ । नयाँवर्ष कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी, स्थानीय मेयर, मेयारिस, क्याबिनेट लिडर, डेपुटी क्याबिनेट लिडर, आर्मी कर्नेल, प्रहरी, रशमोर फाएर एण्ड रेस्क्यु सर्भिसेजका मेनेजर, रशमोर ब्रो काउन्सिलका कम्युनिटी डेभ्लवमेण्ट म्यानेजर, रशमोर भोलेण्टरि सर्भिसेजका चिफ एक्युकेटीभ, काउन्सिलर्हरु लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागिता रहनेअध्यक्ष जीव बेलबासेले बताएका छन् । कार्यक्रमलाई सफल पार्नको लागि सम्पूर्ण नेपाली समुदायमा सहभागिताको लागि ग्रेटर रशमोर नेपाली कम्युनिटीले हार्दिक आव्हान गरेको छ। फोटो साभार अनलाइन
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
ग्रेटर रसमुर नेपाली कम्युनिटीले नेपाली नयाँवर्ष २०७५ मनाउने
ग्रेटर रसमुर नेपाली कम्युनिटीले नेपाली नयाँवर्ष २०७५ मनाउने
तपाईको प्रतिक्रिया





