
लन्डन, २५ मार्च २०१८ आइतवार बिहानको १ बजेबाट यूकेको समय एक घण्टा अगाडी जानेछ, अर्थात आइतबार बिहानको १ बजेको समयलाई २ बजेको समयमा निर्धारित गरिनेछ । यहाँ प्रत्यक वर्ष घडीको समयलाई दुइपटक परिवर्तन गरिन्छ । मार्च महिनामा ब्रिटिस समर टाइम (British Summer Time ) को समयलाई एक घण्टा अगाडी लगिन्छ भने अक्टुबर महिनामा (Greenwich Mean Time) घडीलाई एक घण्टा पछाडि सारिन्छ । ‘डे लाईट सेभिंग’ भनिने यस्तो प्रचलन सर्वप्रथम दोस्रो विश्व युद्धताका जर्मनबाट शुरु गरिएको हो । यसले गर्दा इनर्जी बचत हुने, सवारी दुर्घटना कम हुने, अपराधमा नियन्त्रण हुनुका साथै ब्यापार व्यवसायमा पनि फाइदा पुग्ने धारणा रहेको छ । ब्रिटिस समरको समयमा बेलुका ९ बजेपछिसम्म पनि सुर्योदय देख्न सकिनेछ । हालै गरिएको अनुसन्धानबाट यसरी घडीलाई परिवर्तन गर्दा केटाकेटीहरुको स्वास्थाय्मा पनि फाइदा पुग्ने देखिएको छ । विभिन्न ९ वटा देशमा २३ हजार केटाकेटीहरुमाथि गरिएको परिक्ष्यणबाट पुष्टि भएको छ कि समरको समयमा केटाकेटीहरुको दैनिक क्रियाकलापमा २० प्रतिशतले वृद्धि हुने गर्दछ । हिजोआज प्रायजसो उपकरणहरुको समय आफै परिवर्तन हुने गर्दछन भने केहीलाई भने आफैले परिवर्तन गर्नुपर्ने हुछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
के तपाइंले आफ्नो घडीको समय निर्धारण गर्नुभयो त ?
के तपाइंले आफ्नो घडीको समय निर्धारण गर्नुभयो त ?
तपाईको प्रतिक्रिया





