Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस रकम सहित म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित पाखापानी प्रहरी चौकीका प्रहरी हवल्दार कुलवहादुर विसीलाई पक्राउ गरेको छ ।
वि.सी ले प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गाल(काठमाण्डौं)बाट खटिइ म्याग्दी आएको टोलीले घुस रकम १ लाख ६० हजार सहित विसीलाई पक्राउ गरेको आयोगका प्रवक्ता एवम् सहन्यायाधिवक्ता पदमप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।प्रवक्ता पाण्डेका अनुसार विसीलाई शनिवार म्याग्दी बसपार्कबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





