डढेलो नियन्त्रण बारे बागलुङमा अन्तरक्रिया

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

वनमा लाग्ने डढेलो नियन्त्रण गर्दै त्यसबाट लिन सकिने फाईदाको बारेमा आम जनतामझ सूचना प्रसारण गर्नुपर्ने भन्दै जिल्ला वन कार्यालयले पत्रकार अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यालयले आयोजना गरेको अन्तरक्रियामा जिल्ला वन अधिकृत बिसाल घिमिरेले डढेलोले नेपालको अर्बौ रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको बताए । साथै जटिबुटी, जंगली जनावर तथा मानवीय क्षति समेत हुने गरेको बताए । साथै डढेलोको कारण खानेपानीका मुहान सुक्नेदेखि मानव जीवनमा धेरै समस्या आउने भएकोले डढेलोबाट जोगिने उपायाबारे आम जनतालाई सचेत बनाउनुपर्नेमा जोड दिए । उनले पत्रकारमार्फत सहि सूचना प्रवाह गरेर जनतालाई सूसुचित गराउनुपर्ने धारणा राखेका थिए । घिमिरेका अनुसार, गत आर्थिक बर्ष बागलुङमा ७ सय हेक्टर जमिनको जंगलमा डढेलोले नष्ट गरेको थियो । उक्त तथ्यांकसंगै केही मानिस र जनावर समेत मरेका थिए । यो बर्ष भने उक्त क्षति न्युनिकरणका लागि जिल्ला वनले मानव सिर्जित डढेलो नियन्त्रणका लागि पहल थाल्ने उनले बताए । उपभोक्ता समिति, विद्यार्थी र अन्य सरोकारवालासंग क्षति नियन्त्रणबारे चेतना अभियान संचालन गरेर न्युनिकरणमा लागेको जिल्ला वन अधिकृत बिसाल घिमिरेले बताए । गुल्मीबाट सरुवा भएर आएका घिमिरेले त्यहाँ गरेका सफल अभ्यासलाई जिल्लामा पनि दोहो¥याउने बताए । डढेलोको प्रकोप बढ्नुमा सुख्खा खडेरी बढेको, सल्लाको वन धेरै भएको र भौगोलिक कठिनाईका कारण नियन्त्रण गर्न कठिन हुने गरेको छ । आगोलागी नियन्त्रणका लागि चेतना विकासको काम नगरी नहुने उनले बताए । घिमिरेका अनुसार, मानवको लार्पवाहीले ८० प्रतिशत आगोलागी हुने गरेको भेटिएको छ । यो समस्या घटनाउन आगोलागी नियन्त्रण गर्न सकिने उपकरण बितरणदेखि लाग्नै नदिने उपायाको खोजीमा रहेको उनले बताए । घाँस दाउरा संकलनमा जंगलको भर पर्न छाडेपछि डढेलो बढेको उनले बताए । डढेलोले करोडौंको काठपात, जडिबुटी र जंगली जनावर नष्ट हुने गरेको छ । अन्तरक्रियामा सहायक वन अधिकृत रामबहादुर बिक, प्रकाश थापा र उपेन्द्र अर्यालले पनि वनजन्य जडिवुटीको संकलन, निकासी लगायतका काम बारे बताएका थिए । बागलुङमा ९० प्रजातीका जडिवुटी पहिचान भएको र १७ प्रजाती निकासी हुने गरेको बिकले बताए । बिकका अनुसार, बागलुङबाट सुगन्धवाल, सतुवा, नागबेली र चिराईतो निकासी हुने गर्छ । सहायक वन अधिकृत रामबहादुर बिकको संचालनमा भएको कार्यक्रममा हालै सरुवा भएर आएका जिल्ला वन अधिकृत घिमिरेले आफ्नो परिचयात्मक कार्यक्रमसहित अन्तरक्रिया गरेको स्पष्ट पारेका थिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित