बेवारिसे युवाको उद्दार

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बेबारिसे अवस्थामा भेटिएका एक अपांग युवकलाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार उद्धार गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखामा दिउँसो बेबारीसे अवस्थामा भेटीएका काठमाण्डौका १८ बर्षिय कृष्ण राईको उद्धार गरेको हो । उद्दार गरिएका राईलाई ट्राफिक प्रहरीको सहयोगमा बुधबारै बेलुका काठमाण्डौ पठाईएको छ ।
मंगलवार राती आफ्नी सौतेनी आमा अनिता चौधरीसँग बागलुङ बजार आएका राईलाई आमाले अलपत्र अवस्थामा छोडेर हिँडेपछि बेबारीसे बनेका थिए । दाहिने खुट्टा भाँचिएर फलाको रड राखिएकोले उपचार गरी रड निकाल्ने भन्दै अस्पताल लैजाने बहानामा बस चढाएर बागलुङ ल्याएकी थिइन् । सौतेनीे आमाले बस चडाएर पूर्व जाने भन्दै लगेर यहाँ ल्याईदिएको उनले गुनासो गरेका थिए । मंगलबार राती बागलुङ बसपार्कमा आएका राईलाई आमाले शौचालय गएर आउँछु भन्दै बसपार्कमै छोडेर बेपत्ता भएको उनले बताए । एक हात नचल्ने अवस्थामा रहेका उनको दाहिने खुट्टा भाँचिएर रड राखिएको छ ।
दिर्घरोग समेत रहेको उनले बताएका छन् । बुधबार रामरेखाको यात्रु प्रतिक्षालयमा भेटीएका राईलाई सोधपुछ गरी स्थानीयले सञ्चारमाध्यामलाई खवर गरेका थिए । सञ्चार माध्यामको पहलमा प्रहरीले उनलाई रामरेखाबाट उद्दार गरी काठमाण्डौ पठाएको हो । शारिरीक रुपमा केही समस्या रहेको भएपनि मानशिक रुपमा स्वस्थ्य रहेका उनले काठमाण्डौ सम्म जाने व्यवस्था भए घर आँफै जानसक्ने बताएका थिए । उक्त जानकारीपछि गाडीको प्रबन्ध गरेर काठमाण्डौ पठाईएको प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले बताए ।
‘बागलुङमा पहिलो पटक आएकाले केही मेसो नपाएर भौतारीएको रहेछ’ प्रनाउ थापाले भने ‘ट्राफिक प्रहरीको सहयोगमा हामीले काठमाण्डौ पठाईदियौं ।’ मंगलवार बेलुकादेखि सडकम भौतारिँदै आएका राईलाई प्रहरीले उद्दार पछि कार्यलयमा राखेर साँझ काठमाण्डौ पठाएको हो । राईले आफ्नी सौताने आमाको नाम अनिता चौधरी र बाबुको नाम गोपाल राई भएको बताएका छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित