Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा हिजो साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन् ।
आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका जयराम डगौराको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मगर उक्त रेष्टुरेन्टकी कामदार हुन् भने डगौरा सुरक्षा गार्ड भएको जनाइएको छ।
विद्युत चुहिएर आगलागी भएको शंका गरिएको छ। अनुप अग्रवाल समूहको सञ्चालनमा रहेको उक्त रेष्टुरेन्टमा भएको आगो निभाउन १० वटा दमकललाई करिब दुई घण्टा लागेको थियो । साँझ ६ः०० बजे लागेको आगो ८ः०० बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपद् व्यवस्थापन टोली उक्त आगलागी नियन्त्रणमा खटिएका थिए । भुइँतलामा भएको उक्त आगलागीबाट लाखौँको क्षतिको भएको छ ।
– डिसी नेपाल
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





