Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, लन्डनमा पहिलोपल्ट आयोजना गरिएको कविता कन्सर्टको लागि बेलायत आएका युवा कवि नवराज पराजुलीलाई आयोजखारुद्वारा मंगलबार साँझ एक कार्यक्रमको आयोजना गरि सम्मानपत्र र खादा लगाई सम्मान एवं बिदाइ गरिएको छ । कवि पराजुली बुधबार युएई हुदै नेपाल फर्कने कार्यक्रम छ । मधेश आन्दोलन र द्वन्द्वकालमा अभिभावक गुमाएका बालबच्चाहरुको संरक्षण गर्दै आइरहेको सर्लाही जिल्लाको हरिवन घुर्क्यौलीस्थित चेतना सन्देश नेपाललाई सहयोग गर्ने उद्देश्यले गरिएको उक्त च्यारिटी कार्यक्रलाई नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेको आयोजना तथा एनआरएन यूके भाषा, साहित्य विभागको सह आयोजनामा सम्पन्न गरिएको थियो । झन्डै ३ साता लामो बसाईका क्रममा लन्डन देखि स्कटल्याण्ड सम्मको भ्रमण लगायतका सुखद अनुभूतीको बारेमा बताउंदै कवी पराजुलीले लन्डनमा प्रशस्त आफन्तहरु रहेको र आफ्नै घर लन्डनमा भएको महशुस गरेको बताएका थिए ।
सहयोगको भावनाले गरिएको कार्यक्रममा उपस्थित भएर ति अनाथ बालबालिकाहरुलाई सहयोग गर्न पाएकोमा अत्यन्त खुसि भएको बताएका थिए । धेरै कुरा अहिले नबताउने र कविता मार्फत नै लेखेर सबै सामू शृंखलाबद्ध रुपमा पुर्याउने बाचा गर्दै आफूलाई लानाद्नामा एर कविता कन्सर्टको आयोजनामा संलग्न सबैलाई धन्यबाद ब्यक्त गरेका थिए । कविता कन्सर्टका अवसरमा विशेष योगदान पुर्याएको भन्दै कवि पराजुलीले निर्देशक सनम कुमार बैराग र डीजेको भूमिका निभाएका हेम बिष्टप्रति धन्यबाद ब्यक्त गर्दै सनम कुमार बैरागलाई खादा लगाएर सम्मान गरेका थिए । लन्डन कविता कन्सर्टमा संयोजकको सफल भूमिका निभाएका रामशरण सिंखडाले कविता कन्सर्टको धारणा देखि कार्यक्रम सम्पन्न गर्दासम्मका चुनौती र सफलताको बारेमा प्रस्तुत पार्दै सहयोगी सम्पूर्णलाइ धन्यबाद ब्यक्त गरेका थिए ।
एनआरएन केन्द्रीय उपाध्यक्ष्य कुल आचार्यले पनि कार्यक्रम सफल भएको र यसले प्रवासी नेपालीहरुबीच नेपाली भाषा साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउंदै आफूले सक्दो सहयोग गर्दै आएको र निकट भविष्यमा पनि सहयोग गर्दै जैन धारणा ब्यक्त गरेका थिए। आयोजक तथा एनबिसी यूकेका अध्यक्ष्य मिलन घिमिरेले पनि निकै थुइउलो चुनौतीका बावजुद पनि सबैको सहयोगले कार्यक्रमलाई सफलताकासाथ् सम्पन्न गरिएको भन्दै आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने सबिलाई धन्यबाद दिएका थिए । कार्यक्रमबाट के कति रकम संकलन भएको भन्ने अन्तिम टुंगो नलागेको हुँदा चाडै नै यसको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा एनबिसी यूकेका संस्थापक अध्यक्ष्य कमल पौडेलले सवागत मन्तब्य तथा सल्लाहकार कृष्ण तिमल्सेनाली धन्यबाद मन्तब्य ब्यक्त गएका थिए ।
तेस्तै गरि एनबिसी यूकेका पूर्व अध्यक्ष्य गङ्गा राना एनआरएन यूके भाषा, साहित्य विभाग संयोजक नारायण गाउँले, पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष्य ध्रुबराज अर्याल लगायतका व्यक्तिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा सहयोग पुर्याउने दाताहरुलाई धन्यबाद दिंदै मीडिया पार्टनरको भूमिका निर्वाह गर्ने लन्डन नेपाल न्यूजका शिव भण्डारी, गोल्ड स्पोन्सर नेपाल फुडका विकास नेपाल र एनबिसी यूकेका महासचिव चुडामणि रेग्मीलाई सम्मान गरिएको थियो । बाँकी फोटो हर्नको लागि यहाँ क्लिक गर्नुहोला
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





