Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, यहि मार्च १८ तारिख आइतबारका दिन नेपाली कथानक चलचित्र ‘उल्झन’को रेड कार्पेट प्रिमिएर सो भव्य रुपमा सम्पन्न भएको छ । लन्डनस्थित अल्डरसटको एम्पाएर हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीमा बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीको उपस्थिती रहेको थियो । कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी ,उपाध्यक्ष शेर बहादुर सुनार , पूनम गुरुङ्ग , सुशीला राइ, पूर्व अध्यक्षहरु सूर्य गुरुङ्ग , मुक्षेत्र गुरुङ्ग, सहारा यूकेका अध्यक्ष मीन बहादुर गुरुङ्ग, त्यस्तै कुमार गुरुंग, सनम कुमार बैराग, सपन कुमार राइ , थम बहादुर रसाइली , शान्ति गुरुंग लगाएत बेलायतका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र उलेख्य संख्यामा बेलायतबासी नेपालीहरुको सहभागिता रहेको थियो ।
रहर अनि बाध्यतावस अनेकौं सपना बोकेर प्रदेश लागेका यूवाहरुको कथा,व्यथा, भोगाई र त्यसबाट परिवारमा परेको उल्झनलाई आधार मानेर तयार पारिएको नेपाली कथानक चलचित्र ‘उल्झन’ मा प्रस्तुत गर्न खोजिएको छ । यस चलचित्रमा बेलायतमा बसोवास गर्दै आएका नायक ध्रुब दत्त , रजनी केसी , बेनी ढुङ्गाना, दिनेश शर्मा , रामचन्द्र अधिकारी लगाएका कलाकारहरुको अभिनय रहेको छ । तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको उल्झनको निर्माताहरुमा नविन अधिकारी, हरी कार्की र कार्यकारी निर्मातामा नारायण ढुङ्गाना रहेका छन् ।
चलचित्र हेरेपछि दर्शकहरुले राम्रो प्रतिक्रिया दिंदै नायक ध्रुब दत्तको अभिनयको पनि प्रशंसा गरेका थिए । चलचित्रको कथा , संबाद ,गीत पनि राम्रो रहेको र चलचित्र सन्देशमूलक रहेको भन्दै दर्शकहरुले प्रतिक्रिया दिएका थिए । बेलायतका विभिन्न स्थानहरुमा प्रदर्शनी हुन लागेको उक्त चलचित्रको नेपालमा पनि चाडै प्रदर्शनी हुने चलचित्र निर्माण समूहले जानकारी दिएको छ । फोटो-मिलन तमु
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





