शिक्षण अनुमति पत्र अब विषयगत रुपमा

काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षण अनुमतिपत्र ९लाइसेन्स० को आगामी परीक्षा विषयगत रूपमा लिने गरी तयारी अघि बढाएको छ।

निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकले उक्त परीक्षा उत्तीर्ण गरेर विषयगत रूपमा लाइसेन्स पाउनेछन्। त्यसैका आधारमा उनीहरूले अध्यापन गराउन पाउनेछन्।

आयोगका प्रशासकीय अधिकृत तथा सहसचिव तुलसीप्रसाद थपलियाले विषयगत रूपमा अनुमतिपत्रको परीक्षाका लागि पाठ्यक्रम बन्ने क्रममा रहेको जानकारी दिए। ‘यसअघि एउटै पाठ्यक्रमका आधारमा परीक्षा हुन्थ्यो, सबै शिक्षकले समान खाले लाइसेन्स पाउँथें,’ उनले भने, ‘आगामी दिनमा विषयगत रूपमा परीक्षा लिई उत्तीर्णलाई लाइसेन्स दिने व्यवस्था गर्न लागिएको छ।’

अब लाइसेन्स दिँदा नै विज्ञताको परीक्षण गर्न लागिएको हो। थपलियाले भने, ‘पाठ्यक्रम बनिसकेको छ, स्वीकृतिको चरणमा छ, लगत्तै कार्यान्वयनमा आउँछ।’ विषयगत शिक्षण अनुमतिपत्र दिने काम वर्ष दिनभित्र हुने उनले बताए।
– कान्तिपुर दैनिकबाट ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक