Home > Blog > बाग्लुङमा बस दुर्घटना हुँदा एक बेपत्ता दर्जनभन्दा बढी घाइते

बाग्लुङमा बस दुर्घटना हुँदा एक बेपत्ता दर्जनभन्दा बढी घाइते

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-१ गरगरेमा मंगलबार विहान बाग्लुङको ढोरपाटन नगरपालिकामा बस दुर्घटना भएको छ ।  विहान ४ बजेर ३० मिनेट जाँदा भएको दुर्घटनामा एक महिला बेपत्ता भएकि छन् भने दर्जन बढी यात्रु घाईते भएका छन् । बुटवलबाट बुर्तिवाङ जाँदै गरेको लु १ ख ७४३९ नंबरको बस बुर्तिवाङ नगरपालिका १ गरगरेमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई मोटरबाटो भन्दा २५ मिटर तल बडीगाड खोलामा खसेको थियो। बसमा यात्रा गरिरहेका १५ जना यात्रुहरुलाई उद्धार गरेर बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएर उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताए ।

बसमा सवार एक भारतीय नागरिकको शरिरिरमा ठुलो घाउ लागेकाले अबस्था गम्भीर रहेको बताए । प्रहरीका अनुसार एक जना बृद्धा हराईरहेकाले खोजि कार्य जारी रहेको भएपनि अझै भेटिएको छैन । करिब १६-१७ जना सवार सो रात्रिबसमा चालक सहित १० जना घाईते भएका छन् । बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको आंशका छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

को-कोसँग झुक्यो ओली सरकार

काठमाडौं । देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार …