Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
काठमाडौँ । आइतबार राति सौतासौताबीचको झगडाले उग्ररुप लिएपछि आफू बस्दै आएको कटेज भित्र दुई बालबालिका राखेर आगो लगाउँदा दुई सन्तानको डढेर मृत्यु भएको छ। रामेछाप खाँडादेवी गाउँपालिका वडा नं ६ पन्नेचउर मा पर्ने दिलबहादुर खत्रीको कटेजमा उनकी जेठी श्रीमती तारा केसीले आगो लगाउँदा कटेजभित्र सुतेका ४ वर्षीय छोरा विपीन खत्री र ३ वर्षीय छोरी रमिता खत्रीको डढेर मृत्यु भएको हो। केही समयअघि दिलबहादुरले कान्छी श्रीमती घरमा ल्याएको र जेठीलाई हेला गरेपछि सौतासौताको विवादका कारण उक्त घटना घटेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए । उनका अनुसार श्रीमान् श्रीमतीको विवाद चर्किँदै जाँदा मध्यराति आफु बस्दै आएको कटेजमा जेठी श्रीमती ताराले आगो लगाएकी हुन् । आगोले कटेज भित्र सुतिरहेका दुई बालबालिकाको डढेर मृत्यु हुनुको साथै कटेज भित्र राखिएको सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन्। घटना पछि घटनास्थल पुगेको प्रहरीको टोलीले घटनामा संलग्न तारा केसी र उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ। घटनाको थप विवरण र घटनास्थलको मुचुल्का तयार गर्न प्रहरी घटनास्थलमा नै रहेको र मृतकको शव पोर्ष्टमार्टम गर्नको लागि आज दिउँसो जिल्ला सदरमुकाम मन्थली ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ
-नयाँ पत्रिकाबाट ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





