बलेवा बिमानस्थलमा तारा एयरले ग¥यो परीक्षण उडान

चैतको ९ गतेदेखि नियमित हवाई सेवा सञ्चालन हुन लागेको बलेवा बिमानस्थलमा सोमबार तारा एयरले परिक्षण उडान गरेको छ । प्राबिधिक पक्षको परिक्षण गर्न सोमबार गरिएको उडान सफल भएको तारा एयरले जनाएको छ । सोमबार बिहान पोखरा बिमानस्थलबाट तारा यएरको ९एन४ केएच बिमानले तारा एयरको प्रबिधिक टोली लिएर उडान भरेको थियो ।
बिहान ११ बजे पोखराबाट उडेको बिमान ११ बजेर १० मिनेट जाँदा बलेवामा अवतरण गरेको बागलुङ नगरपालिका–१४ नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । सोमबार परिक्षण उडान गर्ने जानकारी पाएपछि स्थानियको बिमान हेर्न भिड लागेको थियो । आगामी चैतको ९ गते तारा एयर र चैतको १५ गते नेपाल एयरले पहिलो नियमित उडान भरेपछि बलेवा बिमानस्थल नियमित सञ्चालनमा आउने छ । प्रत्येक हप्ताको आईतबार तारा एयर र बिहिबार नेपाल एयरलायन्सले उडान गर्ने गरी सम्झौता भएको बागलुङ नगरपालिकाले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित