Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
यहिं चैत ८ गतेदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भईसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। सो परिक्षामा चार लाख ८५ हजार ५८६ परिक्षार्थी रहने परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । पत्रकार सम्मेलन मार्फत परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यही चैत ८ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको पनि रेग्मीले जानकारी दिनुभएको छ । परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित हुनेछन् । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रमअनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिने भएको छ । जसअनुसार अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालयमार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीको अनुगमन टोलीले परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ । आगामी वर्षदेखि प्रदेशस्तरमा एसइई परीक्षा सञ्चालन गर्ने तयारी शुरु गरिएको जानकारी दिँदै बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षामा बाधा पुग्ने गरी अमर्यादित कार्य गर्नेलाई रु एक लाखसम्म जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको बताउनुभयो । समयाभावका कारण यसपटकको परिक्ष्या संचालन गर्न प्रदेशलाई सम्भव नभएको हो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।