मित्र दिपेन्द्रजी,
तपाईले केही दिनअघि सेतोपाटीमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षका नाममा खुल्लापत्र लेखेको एक साता पनि नबित्दै सर्लाहीमा अनुगमनमा खटिएको आयोगको गाडी आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले जलाए। आयोगका काम कारबाहीको उछितो काटिएको सो पत्र र आयोगको गाडीमाथि आगजनी अनि कर्मचारीमाथि भएको दुव्र्यवहारलाई केवल संयोग मात्रै मानौं। यद्यपि चितुवा कराए लगत्तै बाख्रो हराएकाले उत्पन्न संदिग्ध सवालहरुलाई नकार्न सकिन्न।
मधेस आन्दोलन चौथो महिनामा चलिरहँदा सर्लाहीको नवलपुरमा मोर्चाको आमसभामा प्रहरीले बल प्रयोग गरी गौर घटनाको श्रृंखला दोहरिन दिएन। मोर्चा र चुरेभावरका कार्यकर्ताबीच सम्भावित झडपको पुर्वअनुमान गरी प्रहरीले सभामा बल प्रयोग गर्यो। मोर्चा र भावरबीच झडप भएको भए सम्भवत गौर घटनाभन्दा कयौ गुणा बढी मानवीय क्षति हुनसक्थ्यो।
मित्र, ०६३ साल चैत २१ गते रौतहट सदरमुकाम गौरमा मधेसी जनअधिकार फोरम र तत्कालिन एनेकपा माओवादीका कार्यकर्ताबीच सभास्थल प्रयोगको विषयमा भएको झडपमा फोरम कार्यकर्ताले २८ जना माओवादी कार्यकर्ताको हत्या गरेका थिए। हत्यामा शान्तिपूर्ण सभामा सहभागी फोरम कार्यकर्ताले बोकेका लाठी भालाको प्रयोग भएको पनि यहाँमा विदितै होला।अहिलेको आन्दोलनमा आलोचनाबीच पनि प्रहरीले सम्भावित क्षतिलाई टार्न सफल भएको अर्थमा सबैले बुझ्न जरुरी छ।
सेतोपाटीमा प्रकाशित बालकृष्ण बस्नेतको लेख सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला |