काठमाडौं । कोरोना नियन्त्रणका लागि नेपाल सरकारद्वारा गतवर्ष चैत्रदेखि रोक लगाइएको हवाइ उडान पुन सुचारु हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।
सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतदेखि आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । तर चार्टर फ्लाइटमार्फत भने पछिल्लो समयमा नेपाल लगायतका विभिन्न मुलुकका एअर्लाइन्सहरुले उडान भर्दै आइरहेका छन् ।
चार्टर उडानबाट गैरआवासीय नेपाली संघ, नेपाल सरकार, र कुटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका ३०हजार भन्दा बढीको उद्धार बैसकेको छ ।
अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको मन्भत्ट्टरी राईले बताए । उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई सुम्पिएको छ।