काठमान्डौ । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको बिहीबार बिहान मृत्यु भएको थियो ।
उनको स्वाब परीक्षणको लागि प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो ।
स्वाब परीक्षण पश्चात मृतक कोरोना संक्रमण भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
पछिल्लो समयमा नेपालमा कोरोनाको संक्रमण तीव्र रुपमा बढ्दै गैरहेको छ ।