श्री महामहिम निवर्तमान राष्ट्रपतिज्यू,
नमस्कार !
तपाईं नेपालमा गणतन्त्र स्थापना पछिको पहिलो राष्ट्रपति, झण्डै दुई सय पचास वर्षसम्मको राजतन्त्र फालेपछिको देशमा साधारण जनताको सन्तानको पहिलो प्रतिनिधि राष्ट्रपति । तपाईं त अझ तराईको ग़रीब बस्तिको बीचबाट संघर्ष गर्दै राज्यको सर्वोच्च पदमा पुगेको जनताको छोरा । हामी गर्व गर्छौं, एउटा आम जनताको छोरा, मधेसमा पछि परेको/ पारिएको जनजाति ‘ यादव’ को छोराले इतिहास रच्दै देशको सर्वोच्च पदमा अासिन भएर देशमा जनताको संविधान घोषणा गरेकोमा । तपाईं पदमा आसिन भएपछि देशले केही उपलब्धि हात पार्यो त केहि गुमायो पनि । केहि देशमा भएको फोहोरी राजनीतिले गर्दा त केहि प्रकृतिले गर्दा । तपाईं थोरै जिम्मेवार र धेरै जानुफकार हुनुहुन्छ नै । राजनैतिक आरोह अवरोह र प्राकृतिक प्रकोपले मुलुकको अर्थ व्यवस्थासंगै मनहरु छिया-छिया भएको तथ्याङ्क म सँगभन्दा तपाईंसंग आधिकारिक छ हैन र ?
बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला र सुन्नको लागि तल प्ले गर्नुहोला ।