थाहा थियो नि म टुटेकी थिएँ, अनि तिम्रो सहारामा उठेकी थिएँ ।
हात दियौ तिमीले साथ दियौ तिमीले, कहिले नछोड्ने बाचा दियौ तिमीले ।
कालो अन्धकार मेरो जिबनमा खुसिको ज्योती देखाउदै हौसला दियौ तिमीले,
विश्वास गरे तिम्रो, भर परे तिम्रो, मेरो भगवान भन्दै पुजा गरे तिम्रो ।
खुसि थिएँ तिम्रो साथमा, सुम्पे आफूलाई तिम्रो हातमा ।
विश्वासको जोति देखाउदै लग्यौ अन्धकार तिर, पछाडी बाट हान्यौ नि मलाई तीर ।
म छट्पटी रहे, चिच्याई रहे, किन घात गर्यौ ? भन्दै कराई रहे ।
किनकी, आज मेरो भावनाको बलात्कार भएको छ, बलात्कार गरि उ फरार भएको छ ।
म लम्पसार छु चितामा लास तेसारेको जस्तो, लाग्छ तेरो समय सकियो भनेर यमराजले बोलाए जस्तो ।
मेरा मसल,मन,मस्तिष्क सबै सिथिल छन्, प्रश्नै प्रश्नको हावा हुण्डरी मडारिदै छन्
हे मेरो प्यारा किन घात गर्यो ?
मेरा आँखाबाट बगी रहेका छन्, आशुका भेल हरु साउने झरी सरि ।
म सिथिल छु मुर्दा सरि हुँ हुँ गरि कुकुर रोएको आवाज सुन्छु ।
अनि भन्छु कठै तिमी रोएको सुन्ने मात्र छन यहाँ तर बुझ्ने कोहि छैनन् ।
मलाई जस्तै आज म पनि तिमी जस्तै भएको छु, स्वार्थको लागि पालेको जस्तो ।
कति बेला निन्द्राकी देवी आईन् र आफ्नो गोदमा लिएर गईन्
म आँशुको भेल बगाउदै उनकै काखमा लिट्पटि रहे लिट्पिटि रहें ।
बिहानीको झुल्के घाम सम्म फेरी टुटेको मन सम्हाल्दै उठ्छु, ऐनामा मुहार हेर्छु,
आखा भरि आसु बनाउदै आफै संग प्रश्न गर्छु, मेरो प्यारा किन घात गर्यौ ?
भन किन घात गर्यौ ?
( धन्यवाद ) सम्झना पन्त ( चितवन ) हाल इजरायल