काठमाडौं । काठमाण्डौ उपत्यकामा ४ सय ६४ सहित नेपालमा थप १ हजार ८१ जनामा अकोरोनाको संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा ३ सय ९४, ललितपुरमा ४३ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घन्टामा ९ सय १८ जना निको भएसंगै हालसम्म ३३ हजार ८ सय ८२ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । यसैगरी संस्थागत आइसोलेशनमा ७ हजार ९ सय ८८ जना र होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो तथ्याँक अनुसार नेपालमा कोरोना संक्रमणका कार ज्यान गुमाउनेको संख्या ३ सय १२ पुगेको छ । कोरोना सम्बन्धि समपूर्ण विवरण तलको सूचीमा हेर्नुहोस ।
२४_भाद्र_२०७७_कोभिड-१९_ रा_अध्यावधिक_प्रतिवेदन





