काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३४ महिला र ५ सय ९३ जना पुरुषसहित थप ९ सय २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
संक्रमित हुनेमा काठमाडौंमा ३ सय ५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४ सय १५ जना उपत्यकामा मात्र संक्रमित थपिएका हुन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बितेको २४ घण्टामा १० हजार २ सय २९ जनामा पीसीआर परीक्षण गरिएको छ । हाल सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । शुक्रबारसम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय ६९ जना निको भएर घर फर्किएका छन् ।
निको हुनेको कुल संख्या २० हजार २ सय ४२ पुगेको छ । हाल नेपालमा संस्थागत आइसोलेशनमा ९ हजार ५ सय ७३ र होम आइसोलेशनमा ६ हजार ४ सय ४६ जना रहेको मंत्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।
विदेशबाट फर्किएकामध्ये ८ हजार ९ सय ३९ जना क्वारेन्टाइनमा रहेको पनि प्रवक्ता गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण एक दर्जनको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरङका २ तथा भक्तपुर र मकवानपुरका एक एक जना महिला रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एक एक जना रहेका छन् ।
यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।