काठमान्डौ । नेपालमा कोरोना भाइरस (कोभीड १९ ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २ सय ११ पुगेको छ ।
आज मात्र ४ सय १६ पुरुष र ३५ जना महिला गरि थप ४ सय ५१ जनामा कोरोना संक्रमण देखिएपछि सङ्क्रमित हुनेको कुल संख्या ६ हजार २ सय ११ पुगेको हो ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।
पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एकहजार ४१ पुगेको छ । ती मध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन्।
नेपालमा कोरोना भाइरसको परीक्षण गर्नको लागि पोखरामा थप एउटा पीसीआर उपकरण जडान गरिएको छ । योसँगै नेपालमा २२ वटा पीसीआर उपकरणले देशका विभिन्न स्थानबाट जम्मा गरिएका स्वाब परीक्षण हुँदै आएको छ ।