गोर्खा अनलाइन रेडियो यूके,
लन्डन,नेपालको राजनितीलाई निकै लामो समयदेखि नजिकबाट नियाल्दै आउनुभएका राजनीति शास्त्रका ज्ञाता, समाजशास्त्री हरि शर्मा एक परिचित राजनैतिक विश्लेषक हुनुहुन्छ । उहाँले त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गर्नुका साथै अमेरिकाको करनेल विश्वविद्यालयबाट समेत तुलनात्मक राजनीतिमा स्नातकोत्तर गर्नुभएको छ । करिब डेढ दशक समय अध्यापनमा बिताउनुभएको छ भने उहाँको सहलेखनमा पोलिटिकल लिडरसिप इन नेपाल र लोकल लिडरसिप इन नेपाल जस्ता पुस्तक प्रकाशित भैसकेका छन् । नेपाल सरकार तथा शैक्षिक क्षेत्रमा विभिन्न हैसियतका साथ योगदान पुर्याउंदै आउनुहुने शर्मा पुस्तक अध्यन गर्ने नेपालीहरुमध्य अग्र पंक्तिमा पर्नुहुन्छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रमुख सचिव र रामवरण यादवको राजनीतिक सल्लाहकारको रुपमा समेत काम गरिक्नुभएका समाजशास्त्री हरि शर्मा केहि दिन अघि बेलायत औनुभेको थियो । सोहि अवसर पारेर उहाँसंग नेपालको राजनीतिको विगत, वर्तमान र भविष्यको बारेमा अनि राजनैतिक पार्टीको अवस्था लगायतका विविध विषयमा गोर्खा ररेडियोले कुराकानी गरिएको थियो । सोहि कुराकानीको पूर्ण अंश सुन्नको लागि तल प्ले गर्नुहोला ।
कुराकानीको पूर्ण अंश






