काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरि उपत्यकामा मात्र ४ सय ५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
थप संक्रमित हुनेहरुमा ४ सय ६४ महिला र १ हजार ३ सय ५९ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । हाल देशभर १८ हजार ७ सय ४ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ । कुल निको हुने दर ५८ प्रतिशत रहेको छ ।
बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवाक्ता जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ४ महिला १० पुरुष रहेका छन् । योसंगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ ।