काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको कूल संख्या २६ पुगेको छ । पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २६ पुगेको हो ।
ललितपुरको महालक्ष्मी ५ का ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । ५ महिनाअघि उनको मृगौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल पुर्याएका ति पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।
स्याङ्जाको आँधिखोला १ का ५५ वर्षय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो, उनि अनुसार मधुमेहका विरामी भएको बताइएको छ । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसीयुमा उपचारकै क्रममा हिजो उनको मृत्यु भएको हो ।
गएको २४ घन्टाभित्र नेपालमा थप ४ सय ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १ सय ६२ जना पुगेको छ । थप ४८ जना महिला र ३ सय ८६ जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएका हुन् ।
हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २ सय ९३ पुरुष गरी ३ सय १२ जना संक्रमित निको भएर घर फर्केका छन् । काठमान्डौका दुई पुरुष, ललितपुरका दुई पुरुष र भक्तपुरका तीन पुरुष तथा एक महिला पनि कोरोना संक्रमित भएका छन् ।
नेपालका ७७ जिल्लामध्य हालसम्म देशका ७६ जिल्लामा कोरोनाको संक्संरमण क्रमण देखिएको छ।