काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या १० हजार ७ सय २८ पुगेको छ । गएको २४ घण्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमित हुनेमा १ सय १० जना महिला र ५ सय १९ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।
गएको २४ घण्टामा १ सय १४ जना निको भएर घर फर्केका छन् । योसंगै निको हुनेको कूल संख्या २ हजार ३ सय ३८ पुगेको छ । अहिले सम्म १ लाख ९३ हजार १ सय ९४ जनामा कोरोना परीक्षण गरिएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।