काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १९ पुगेको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका– ४ जैसिथोकका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसंगे मृतक संख्या १९ पुगेको हो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचारको क्रममा गएराति उनको मृत्यु भएको हो । मृतक क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ।
केही दिन अगाडी देखि उनको स्वास्थ्य अवस्था गम्भीर भएपछी आइसोलेशनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुँइमै राखेर उपचार गरिएको थियो ।
उनि भारतबाट आएर धुर्कोटस्थित क्वारेन्टिनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनका १४ बर्षका छोरा, ७० बर्षका बुवा र श्रीमती रहेको छन् ।