काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार ७ सय ६२ पुगेको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप ३ सय १४ जनामा संक्रमण भएको स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत् पुष्टि गरेका हुन् ।
सोमवार पीसीआरबाट ४ हजार ७ सय ६६ जनाको परीक्षण गरिएको र आरडीटीबाट ११ हजार ९ सय ४२ जनाको परीक्षण गरिएको छ भने अहिलेसम्म कुल १० लाख ९ सय ७१ जनामा कोरोनाको परीक्षण गरिसकिएको छ ।
अहिलेसम्म ७१ वटा जिल्लामा कोरोनाको संक्रमण फैलिइसकेको छ । संक्रमित मध्य ४ सय ८८ जना निको भएर घर फर्किएका छन् । कोरोनाका कारण अहिलेसम्म नेपालमा १४ जनाको ज्यान गैसकेको छ ।