About Us

हाम्रो बारेमा
सुन्नको लागि प्ले गर्नुहोस ।
नमस्कार, “गोर्खा इन्टरटेनमेन्ट लिमिटेड”द्वारा संचालित गोर्खा अनलाइन रेडियो तथा गोर्खा रेडियो डट कमको तर्फबाट संसारका विभिन्न स्थानमा बस्नुहुने सम्पूर्ण स्रोता तथा पाठकवर्गमान्यानो अभिवादन टक्र्याउन चाहन्छौं । प्रवासमा बसेर नेपाली मन र नेपाली पनलाइ आवाजको माध्यमबाट सबैका सामू पुर्याउने उद्देश्यले शुरुवात गर्न लागिएको एउटा सानो प्रयासको नाम हो गोर्खा अनलाइन रेडियो । अनलाइनको माध्यमबाट रमाइला तथा जानकारीमूलक प्रस्तुतिहरुलाइ संकलन गरि सर्वसुलभ तरिकाले सबैको कानसम्म गुन्जिने मनसायले गोर्खा अनलाइन रेडियोलाइ लन्डनबाट संचालन गर्दै आईरहेकाछौँ । कार्यक्रमहरु तयार गरि हाम्रो वेवसाइट लगायत मोबाइल एप्लिकेशनहरु हाम्रो पात्रो, नेपाली एफएम,ट्युनईन, अनि गोर्खा रेडियोको आफ्नै एप्लिकेशनमार्फत अघि बढ्दै जाने मनशायले नेपालि समुदाय तर्फ लक्षित गरि बामे सर्ने जमर्को गर्न लागेकाछौ । आजको प्राबिधिक यूगले तपाईं हामी संसारको जुनसुकै भागमा रहेपनि एक अर्काबीचको दूरीलाइ एकदम नजिक बनाइदिएकोछ। विशेषगरी सामाजिक संजालहरुले गर्दा त मानिसको हरेक क्रियाकलापहरु सजिलैसंग आफन्त लगायत बिभिन्न ब्यक्तिहरु समक्ष्य पुर्याउन झनै सजिलो भएकोछ । जसले गर्दा संसारका हरेक गतिविधिहरुसंग सबैको चासो रहने हुदा हामीले पनि इन्टरनेटको पहुँच भएका कुनैपनि ठाउँमा सजिलै सुन्न सकिने र बिशेष गरि जानकारीमुलक कार्यक्रमहरु तयार गरेर सबैलाई सचेत गराउने उद्देश्य लिएका छौ। यसका लागि इच्छुक ब्यक्तिहरुले आफूसंग भएका सामाग्रीहरु हामीलाई पठाएर सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्न चाहन्छौं । आशा छ सबैको सहयोग पाएको खण्डमा गोर्खा रेडियो एकदिन तपाइँ हामि सबैको कानमा निरन्तर गुन्जिरहनेछ ।
धन्यबाद ,
गोर्खा इन्टरटेनमेन्ट लिमिटेडद्वारा संचालित
गोर्खा रेडियो डट कम तथा गोर्खा रेडियो परिवार ।


