Home > Programs (page 5)

Programs

स्वदेशमै रोजगारीका सम्भावना खोज्न आग्रह

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा यतिबेला मुलुकको आर्थिक समृद्धिमा अबका युवाको भूमिका, युवाको नेतृत्व विकास, शान्ति र विकासलगायत विषयमा युवाहरु छलफलका लागि जुटेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र विकासका लागि युवा नेतृत्व’ भन्ने नारासहित शुक्रबारदेखि पहिलो पटक शुरु भएको राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं ५ का …

Read More »

किन रोयो कृष्ण अखेलीको मन (भिडियो)

सधैँको तीजमा जस्तै यो वर्ष पनि सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीले तीज गीत सार्वजनिक गरेका छन् । चर्चित सर्जक शिव अखेलीको शब्द रचनामा सिर्जित गीत जुरेली चरीको स्वर कृष्ण अखेली तथा निशा क्षेत्री निशानाको रहेको छ भने अभिनय प्रकाश भट्ट तथा दिपासा विसीको रहेको छ । प्रकाश भट्टकै निर्देशनमा रहेको …

Read More »

तीन लाखको तरकारी नष्ट

उर्लाबारी, मोरङ – लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको …

Read More »

नहरमा डुबेर बालकको मृत्यु

उर्लाबारी, मोरङ – मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । शवलाई परीक्षणका …

Read More »

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

काठमाडौं। मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ। स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो। ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ …

Read More »

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

इनरुवा – सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती …

Read More »

शिशु हत्या अभियोगमा जन्मकैद

जाजरकोट – अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको …

Read More »

महिला मृत अवस्थामा फेला

धनगढी – कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँकी ३२ वर्षीया गर्भी चौधरीलाई आफ्नै घरमा आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ । आँखा, खुट्टा र हातमा चोट लागेको अवस्थामा आफ्नै कच्ची घरको कोठामा ती महिलालाई मृत फेला पारिएको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो । प्रहरीले मृतक महिलाका …

Read More »

भीमसेन थापा स्मृति पुरस्कार डा हेल्पटनलाई

काठमाडाँै – राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा जोन हेल्पटनलाई प्रदान गर्ने निर्णय गरेको छ । उहाँलाई रु ५१ हजार १११ राशिको सो पुरस्कारबाट नेपालको इतिहासबारे गहन अध्ययन, अनुसन्धान तथा लेखनमा विशिष्ट योगदान पु¥याई नेपालको इतिहासलाई विश्वको सामुन्ने प्रस्तुत गर्नुभएकोमा पुरस्कृत …

Read More »

ज्वाइँले रड प्रहार गर्दा ससूराको मृत्यु, सासू घाइते

वालिङ, स्याङ्जा – आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको निजकै छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गर्दा घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको …

Read More »

लिची खेतीमा हुगीका किसानको आकर्षण बढ्दो

पाल्पा – पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ । व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको हो । किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गर्न थालेसँगै जीवनस्तर माथि उठेपछि …

Read More »

शिव अखेलीको रचनामा फेरि आयो मौलिक तीज गीत

काठमाण्डौ – यो बर्ष दुई दर्जन भन्दा धेरै गितहरु सिर्जना गरेक लोकप्रिय सर्जक शिव अखेलीको नयाँ तिज गित सार्वजकि भएको छ । निकै मौलिक र तिजको भावना बोकेको हाम्रो बाबाको तिन तल घर बोलको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गितमा तारा पौडेल श्रेष्ठको आवाज रहेको छ …

Read More »

काजी रोशनको पहलमा बाग्लुङमा बन्ने भयो देवकोटा चोक

बाग्लुङ बजारको वडा नं ३ स्थित गुठीमा महाकवि देवकोटाको नाममा देवकोटा चोक बन्ने भएको छ । साहित्यकार तथा समाजसेवी काजी रोशनको पहल तथा अगुवाइमा देवकोटा चोकको निर्माण हुन लागेको हो । गुठीको गणेश मन्दिरदेखि जिल्ला प्रशासननेरको बुद्दचोकसम्मको ठूलो चोकको नाम देवकोटा चोक भनी नामाकरण गर्न लागेको साहित्यकार काजी रोशनले बताउनुभयो …

Read More »

कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा

कालीकोट – जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ती गाउँमा कुनै पनि निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि सुक्खा पहिरोले सताएको पचालझरनाको खार्दु, शुभकालिकाको छाती र नरहरिनाथको माझगोठीमा समस्या …

Read More »

नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका– ११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । स्थानीय कटैनी नदीमा साथीको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको करीब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, …

Read More »

करेन्ट लागेर चारको मृत्यु

धनगढी – डोटीको आदर्श गाउँपालिका–१ मा आज साँझ करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३ वर्षकै दिपे खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो …

Read More »