Breaking News
Home > Programs (page 30)

Programs

रोट¥याक्ट शान्ति दौड सम्पन्न

बागलुङ – सामाजिक कार्यमा क्रियाशिल रोट¥याक्ट क्लव अफ बागलुङले ७ दिवसिय कार्यक्रमका साथ संचालन गरेको रोट¥याक्ट सप्ताह अन्तरगत रोट¥याक्ट शान्ति दौड प्रतियोगिता सम्पन्न भएको छ । बिश्व रोट¥याक्ट सप्ताहको अवसरमा रोट¥याक्ट क्लव अफ बागलुङले पनि बिभिन्न रचनात्मक कार्यक्रमका साथ शुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तरगतको दोस्रो दिन स्कुल स्तरिय रोट¥याक्ट …

Read More »

मन्त्रीपरिषद्का २० निर्णयहरु

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपालाई संगठित अपराध ऐनअनुसार प्रतिबन्ध लगाएको जनाएको छ । बिहिबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रचलित संगठित अपराध ऐन २०७० अनुसार प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन् । मन्त्रीपरिषद्का २० निर्यायहरु १) विप्लव समूहभनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी …

Read More »

अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रम

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराउनुभएको छ । “उद्यमी व्यवसायीले …

Read More »

रोट्रयाक्ट सप्ताह सुरु

बागलुङ – विश्व रोट्रयाक्ट दिवसको अवसरमा रोट्रयाक्ट क्लव अफ बागलुुङले सञ्चालन गर्न लागेको सप्ताह व्यापी कार्यक्रम बुधबारदेखी सुरु भएका छन् । सप्ताह अन्तरगत पहिलो दिन बुधबार आयोजना गरीएको विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगितामा न्यू ओएसिस एकिडेमी प्रथम, गणेश माध्यमिक विद्यालय नारायणस्थान द्धितिय र विद्या मन्दिर माध्यमिक विद्यालय तृतिय भएका छन् । …

Read More »

काठमाण्डौमा बन्दको प्रभाव (फोटोफिचर सहित )

काठमाण्डौ – आज नेत्र बिक्रम चन्द विप्लव समूहले सरकारले प्रतिबन्ध लगाएको तथा लुटेरा भन्ने शब्द प्रयोग गरेको विरोधमा बन्दको आह्वान गरेको छ । बिहान खासै यातायातका साधन नचलेपनि दिन ढल्कँदै जाँदा भने बन्दको प्रभाव खासै देखिएको छैन । फोटोमा हेर्नुहोस् आज बिहानको काठमाण्डौको सडक

Read More »

अहिलेसम्मकै ठुलो संकटमा फेसबुक !

काठमाडौँ । फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन्। ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब छन्। नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको बताइएको छ। के हो कारण ? फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही …

Read More »

चितवनमा सिलिण्डर बम बिस्फोट

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा सिलिण्डर बम विस्फोट भएको छ। मंगलबार राति साढे १२ बजेतिर भएको बिस्फोटबाट वडा कार्यालय भवन क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थलमा सिलिण्डर ग्याँसको टुक्रा फेला परेपनि बिस्फोटबाट कुनै मानवीय क्षति भने नभएको बताईएको छ। विष्फोट लग्गतै वडा …

Read More »

विप्लव समुह आपराधिक संगठन, प्रतिबन्ध लगाउँने सरकारको निर्णय

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा आपराधिक संगठन भएको ठहर गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेकपालाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो। विप्लव नेकपाले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ। मन्त्रिपरिषद् बैठकले …

Read More »

वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

चितवन : भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो । जिल्लामा व्यापकरूपमा …

Read More »

जन्ती बस दुर्घटनामा दुईको मृत्यु

हेटौँडा। मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ। दुर्घटनामा परी १७ जना घाइते भएका छन् …

Read More »

अवैध काठ बरामद

जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ । विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी बिक्रीका लागि लैजाँदै गरेको उक्त परिमाणको काठ र काठ बोक्न प्रयोग भएका दुई मिनीट्रक सोमबार प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक …

Read More »

कीर्ते गरेको अभियोगमा ५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनले तोकेभन्दा कम राजश्व लिई जग्गा पास गरेको अभियोगमा मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालयका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल, तत्कालीन नायब सुब्बाद्वय दयाराम खत्री र लेखनाथ भट्टराईलाई रु ५२ हजार ७१ बराबरको भ्रष्टाचार गरेको …

Read More »

आगलागीबाट छजना घाइते

भद्रपुर – झापाको कचनकवल–२ पाठामारीमा आज साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छजना जलेर घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष यादव, ८ वर्षीया नियाकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव र १८ वर्षीया …

Read More »

पूर्व माओवादीको संयन्त्र प्रयोग गरेर हतियार भित्राउँदै विप्लव समुह

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तत्कालिन नेकपा माओवादीकै संयन्त्र प्रयोग गरेर हतियार भित्राउँदै आएको खुलासा भएको छ। विप्लव नेतृत्वको नेकपाले केही दिनदेखि काठमाडौँ लगाएतका विभिन्न ठाउँमा बम विस्फोट लगाएतका घटना घटाउँदै आएको छ। खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भित्रिएको हुनसक्ने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले …

Read More »

अर्नाको आक्रमणबाट एक घाइते

सुनसरीको कोशी गाउँपालिका–३ मा आइतबार अर्नाको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रदीप उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । आफ्नै बारीमा तोरी उखेल्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षणबाट निस्किएको अर्नाले उराँवलाई आक्रमण गरेको थियो । आरक्षबाट आएको अर्नाको आक्रमणबाट उराँव …

Read More »

१०५ केजी चरेससहित तीन पक्राउ

धादिङ : धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ …

Read More »