Home > Programs (page 3)

Programs

भिर्नी झोलामा हिट भएपछि अखेलीले लेखे अर्को गीत जाले रुमाल (भिडियोसहित)

काठमाण्डौ – चर्चित शब्द सर्जक शिव अखेलीले भिर्नि झोलामा गीतले सबैतिर ठाउँ पाएपछि अर्को मौलिक गीत भिर्नि झोलामा गीत लेखेका छन् । मिल्छ भने पठाइदेउ न तिम्रो एउटा फोटो रुमालको त धोएपछि आयु हुने छोटो भन्दै गीतमा अखेलीले आफ्नी मायालुसँग रुमाल मागेका छन् । उक्त गीतको स्वर चर्चित गायिका जुना …

Read More »

जोमसोम–कोरला सडक ३ दिन बन्द

ठिनी, मुस्ताङ । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ। जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झो खोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो। प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले …

Read More »

धनगढी विमानस्थल आजबाट एक महिनासम्म दैनिक ४ घण्टा बन्द हुने

धनगढी । आजदेखि धनगढी विमानस्थल एक महिनासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। धावन मार्ग मर्मत तथा विमानस्थल स्तरवृद्धिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको विमानस्थल स्रोतले जनाएको छ। धावन मार्गको मर्मत तथा स्तरवृद्धिको काम गर्न दिउँसो तीनदेखि सातबजेसम्म एक महिना बन्द हुने जानकारी विमानस्थल सा्रोतले जनाएको छ । …

Read More »

बाँके र बर्दियाका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च विवरण

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन दुई वर्षअघि भयो । मुलुक संघीयतामा गएपछिको पहिलो निर्वाचनमा दलहरु निकै उत्साहका साथ सहभागी भए । विभिन्न कारणले केही निर्वाचन क्षेत्र अझै खाली छन् । ती क्षेत्रमा आगामी मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । बाँकेमा कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन …

Read More »

के.पि. ओली फेरि ग्राण्डी अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको तेस्रोपटक डायलाइसिस गरिने भएको छ । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न लागिएको बालुवाटार स्राेतले जनाएको छ । त्यसका लागि प्रधानमन्त्री ओली अहिले ग्राण्डी अस्पताल पुगेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि …

Read More »

वार्ताका माध्यमबाट सीमा विवाद हल गर्नुपर्छ : सभापति देउवा

कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए । नेपाल प्रेस युनियन कञ्चनपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको …

Read More »

मेरो जीत सुनिश्चित छ : कांग‍ेस उम्मेद्वार शेरचन

काठमाडौँ । आगामी मंसिर १४ गते देशभरका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ। देशभर प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगरपालिका प्रमुख ३, गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १ र ४३ स्थानमा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । कास्की–२ मा देशकै एकमात्र प्रतिनिधिसभाको उपनिर्वाचन हुँदै गर्दा गण्डकी प्रदेशको अर्को जिल्ला बागलुङ २ …

Read More »

घूस लेनदेनमा संलग्न ५ पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लेनदेनमा संलग्न यातायात व्यवस्था कार्यालय काठमाडौंका शाखा अधिकृतसहित ५ जनालाई बुधबार पक्राउ गरेको छ । अख्तियारले मोटरसाइकल खरिदबिक्रीको रजिस्ट्रेसन पास गरिदिने क्रममा ३ हजार रुपैयाँका दरले घूस लेनदेन गरिरहेको आरोपमा शाखा अधिकृत शुक्रप्रसाद भट्टराई, रिकन्डिसन हाउसका प्रतिनिधिहरू किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी र …

Read More »

अन्तिम खेलमा नेपाल मलेसियासँग भिड्दै

काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले आज मलेसियासँग खेल्दैछ । अघिल्ला तीन खेलमा दुई जित र एक हार व्यहोरेको नेपालले अन्तिम खेलमा मलेसियाको सामना गर्न लागेको हो । संघाईमा मलेसियालाई हराउँदै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ …

Read More »

प्यूठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु

प्यूठान : प्यूठानमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिका–४ भिंगृदेखि खालतर्फ जाँदै गरेको ग २ च ५२४९ नम्बरको पिकअप जिप स्थानीय मनभीर भन्ने स्थानमा दुर्घटना भएको थियो । घटनास्थलमै एक जना र अन्य दुईजनाको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय …

Read More »

समृद्ध नेपाल निर्माणमा सघाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा साकार पार्ने दिशामा हरसम्भव सहयोग उपलब्ध गराउन अवैतानिक वाणिज्यदूतहरूलाई आग्रह गरेकी छन् । नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को क्षेत्रीय सम्मेलन भाग लिन आएका अवैतनिक वाणिज्यदूतहरूसँग आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको सामूहिक भेटमा …

Read More »

नेपालसँगको वैदेशिक व्यापारमा बंगलादेश ‘अनुदार’

काठमाडौं । केही वर्ष पहिले बंगलादेशमा निर्यात गर्ने उद्देश्यले एक नेपाली औषधि कम्पनीले बंगाली नागरिकसँगै सहकार्य गरेर त्यहाँ उत्पादन नहुने औषधि नेपालमा उत्पादन सुरु गर्‍याे । आफ्नो देशमा उत्पादन नभएको औषधि आयात गर्न पाइने बंगलादेशको कानून छ । उद्योगले औषधि उत्पादन थालेपछि नेपालबाट निर्यातका लागि प्रयास गरियो । तर बंगलादेशले …

Read More »

काठमाडौंमा बिजुलीका तार जमिनमुनि गाडिँदै

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका मुख्य सहरी क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने कार्य २०२० को जनवरीबाट सुरु गर्ने भएको छ । काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत तार भूमिगत कार्य सुरु गरेको दुई वर्षमा सम्पन्न हुने बताइएको छ । उपत्यकाको महाराजगन्ज तथा रत्नपार्क वितरण केन्द्रअन्तर्गतका तार भूमिगत गर्ने जिम्मा पाएको कम्पनी केइआई …

Read More »

बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा………………

पाेखरा। बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आउँदै छन्। राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। पोखराको दृश्यावलोकन गर्न आउन लागेका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रजिअ केसीले बताए। पोखरा विमानस्थलमा राष्ट्रपति …

Read More »

प्रधानमन्त्री ओली र बङ्गलादेशका राष्ट्रपति हमिदबीच शिष्टाचार भेट

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको घनिष्ट र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारिको क्षेत्रमा विभिन्न ढङ्गले विस्तार गर्ने विषयमा घनिभूत रुपमा छफल भएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बङ्गलादेशका राष्ट्रपतिले समृद्ध नेपाल सुखी …

Read More »

उपनिर्वाचनलाई स्थानीय तहमा आज मनोनयन दर्ता

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज (बुधबार) उम्मेदवारको मनोनयन दर्ता गराउने समय दिएको छ। विहान १० बजेदेखि दिउँसो १ बजेभित्र जिल्लास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्छ। धरान उपमहानगरपालिका सहित तीन गाउँपालिका र ४३ वडामा रिक्त अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। मंसीर १४ गते …

Read More »