Breaking News
Home > Programs (page 2)

Programs

सभापति देउवालाई नेविसंघका नेताहरुको ७ दिने अल्टिमेमट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यसतर्फ पार्टी नेतृत्वको ध्यानाकार्षण गराएका हुन् । समयमै महाधिवेशन सम्पन्न गरि सबै भातृ संस्थाहरुको …

Read More »

एसिया कप :अन्तिम खेलमा नेपालको फराकिलो जित

काठमाडौं : एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित निकालेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । जवाफमा यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो । नेपालका …

Read More »

तीन वर्षदेखि फरार बलात्कार आरोपित पक्राउ

काठमाडौं । प्रहरीले तीन वर्ष पुरानो बलात्कार सम्बन्धी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला घर भइ बसुन्धारा बस्ने ३१ वर्षका मनोज खत्री छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई बसुन्धाराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले खत्रीलाई पक्राउ गरिएको पुष्टि गरे …

Read More »

बसमा युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ

काठमाडौँ — सार्वजनिक बसमा दुर्व्यवहार गरेकाे आराेपमा पूर्व सांसद याेगेन्द्र घिसिङ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहका अनुसार उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो । प्रतिकात्मक तस्बिर । प्रहरीका अनुसार घिसिङले सार्वजनिक यातायातमा एक युवतीमाथि दुर्व्यवहार गरेपछि ती युवतीले प्रतिकार गरेकी थिइन् । युवतीले प्रतिकार …

Read More »

पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै

काठमाडौँ ।बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइप लाइन परियोजनाको मङ्गलबार अपराह्न १२ः१५ बजे उद्घाटन गरिँदैछ। भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम छ। नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो …

Read More »

हराएकी ६ बर्षीया बालिका मृत भेटिइन्

चितवन । भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै रहेको नहरमा शनिबार विहान ६ बषर्ीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो । बालिकालाई …

Read More »

हुमबहादुर गुरुङलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्ड

पोखरा : संरक्षणविद् डा हुमबहादुर गुरुङलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ। संरक्षण क्षेत्रमा उनले दिएको योगदानको आधारमा अस्ट्रेलियाको ग्रिफिट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय एलम्नस अवार्ड २०१९ ले सम्मान गरिएको हो। उक्त विश्व विद्यालयमा अध्ययन गरेका १ सय ४५ देशका २ लाख अन्तर्राष्ट्रिय आलमुनस प्रतिस्पर्धाबाट गुरुङले यो अवार्ड पाएका हुन्। अष्ट्रेलियाको ग्रिफिट …

Read More »

बाजुरामा स्याउ १ रुपैयाँमा ३ दाना

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा …

Read More »

सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैली विरुद्ध सडक सघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क मञ्चद्वारा बनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले प्रजातन्त्र र लोकतन्त्रका मूल्यमान्यतामाथि हस्तक्षेप गर्दे आएको भन्दै …

Read More »

काठमाडौंमा डेंगुले एकको मृत्यु

चौतारा : लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा मृत्यु भएको हो। ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको इन्द्रावती १२का वडाअध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए। उनका …

Read More »

टाटासुमो दुर्घटना ३ जनाको मृत्यु, ८ घाइते

हेंटौडा : मकवानपुरको भीमफेदीमा शुक्रबार दिउँसो टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। हेटौंडा–भीमफेदी–कुलेखानी—काठमाडौं सडकखण्ड अन्तर्गत भीमफेदी ६ जुरिखेतमा ना १ ज ३६४० नम्बरको सुमो सडकबाट करिब ५० मिटर तल खसेको हो। दुर्घनामा परी मृत्यु हुनेमा रामेछापको रजन गाउँका सविता माझीकी १० महिनाकी छोरी साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ …

Read More »

पीडित मजदुरले प्रदर्शन गर्न थालेपछि मेलम्चीमा निषेधाज्ञा

सिन्धुपाल्चोक। मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले शुक्रबार आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ …

Read More »

आइतबार काठमाडौं आउँदै चिनियाँ विदेशमन्त्री

काठमाडौं। दक्षिण छिमेकी चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आइतबार काठमाडौं आउने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा उनी नेपाल आउन लागेके परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। तीन दिन नेपालमा रहँदा विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायत उच्च राजनीतिक भेटघाट पनि गर्नेछन्। सोमबार चिनियाँ …

Read More »

डेंगुको संक्रमण देखिएपछि कृषिमन्त्री खनाल अस्पताल भर्ना

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ। उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन्। निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्नेलगायतका लक्षण देखा परेपछि मन्त्री खनाल अस्पताल भर्ना भएर उपचार गरारहेका …

Read More »

सिन्धुपाल्चोकमा गोली चल्यो, दुई घाइते

सिन्धुपाल्चोक : बिहीबार दिउँसो सिन्धुपाल्चोकमा गोली चलेको छ। मेलम्ची खानेपानी आयोजनाको निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरको आन्दोलन उग्र बनेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाएको हो। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। प्रहरीले निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरले आन्दोलनका क्रममा ढुंगामुढा सुरु गरेपछि गोली चलाउनु परेको दाबी गरेको छ। …

Read More »

काँग्रेस हिन्दु राज्यको पक्षमा छैन : निधी

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट्याएका हुन्। बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित …

Read More »