Home > Programs > Gurkha News (page 96)

Gurkha News

गोर्खा रेडियो शुभकामना साँझ २०७३ भव्यताकासाथ सम्पन्न

लन्डन, अप्रिल ९ तारिख शनिवारका दिन लन्डनस्थित फेल्थाम कम्युनिटि कलेजको एक हलमा गोर्खा अनलाइन रेडियोको तर्फबाट “गोर्खा रेडियो शुभकामना साँझ २०७३” को आयोजना गरिएको थियो ” । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतीथ्यमा सञ्चालित उक्त कार्यक्रममा अतिथिको रुपमा श्रीमती रिता क्षेत्री, एनआरएनका संस्थापक सचिव तथा नेपाल ब्रिटेन …

Read More »

सोसाइटि अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेशनल यूकेको अध्यक्षमा डा. तेजेन्द्र फेराली

लन्डन, करिब नौ वर्ष अघि दक्षिण पूर्वी लण्डनको प्लमस्टेडमा गठन गरिएको सोसाइटि अफ नेप्लिज हाइलि स्किल्ड प्रोफेशनल यूके हाल नेपाली समाज वेलायत भित्र चिरपरिचित नाम बनिसकेकोछ । स्थानीय नेपाली समाजका विभिन्न संघ संस्थाहरुलाई विभिन्न तरिकाले हातेमालो गर्दै हिडेको यस संस्थाले खासगरि गतसाल नेपालमा गएको विनासकारी भूकम्पमा लण्डन स्थित नेपाली राजदूतावासलाई …

Read More »

बेलायतमा एक पाउण्डको नयाँ सिक्का आउने

लन्डन, बेलायतमा हाल प्रचलनमा रहेको गोलो आकारमा रहेको एक पाउन्डको सिक्का अब धेरै समयसम्म रहने छैन । तीन दशकभन्दा बढी समयसम्म प्रचलनमा रहेको उक्त सिक्काको नक्कली धेरै आउन थालेपछि नक्कल गर्नेहरुलाई निरुत्साहित गर्ने उद्देश्यले नयाँ सिक्क्लाई प्रचलनमा ल्याउन लागिएको हो । नयाँ आउने सिक्कामा १२ओटा पाटाहरु हुनेछन् जुन संसारकै सुरक्षित …

Read More »

क्षेत्री समाज बेलायतको पाँचौं अधिवेशन सम्पन्न अध्यक्ष्यमा कुँवर निर्विरोध

लन्डन, यही अप्रिल २ तारिख शनिवारका दिन बेलायतबासी नेपालीहरुको हकहितका लागि सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतको पाँचौं अधिवेशन भव्य रुपमा सम्पन्न भएकोछ । बेलायतको रेडिंगमा भएको उक्त अधिवेशनको उद्घाटन समाजका सम्रक्षक ध्रुव के.सी. र समाजकै अध्यक्ष्य प्रेम खड्काद्वारा सयुक्त रुपमा पानसमा बत्ति बालेर गरिएको थियो । संस्थाका अध्यक्ष …

Read More »

मगर संघ यूकेको अध्यक्ष्यमा नेम थापा मगर विजयी

लन्डन । हालै भएको यूके मगर संघको पाचौं अधिवेशनबाट नेम थापा मगर सहितको टोली निर्वाचित भएको छ । आइतवार दुई प्यानलमा भएको निर्वाचनमा थापाले १९१ मत प्राप्त गरि विजयी भए । अर्का उम्मेदवार श्रीमती हिमाली राना मगरले ६० मत पाइन् । उपाध्यक्षमा बम थापाले २०५ र सिता मगर १७३ मत …

Read More »

भूकम्प पीडितको लागि रोसनाद्वारा ३ लाख संकलन

लन्डन । लन्डनस्थित अक्सब्रिज बस्ने रोसना गुरुङले भूकम्प पीडितका लागि २ हजार ७४ पाउण्ड ४ पेन्स् (करिब ३ लाख २० हजार रुपैयाँ) जम्मा गरेकी छन् । गुरुङको सकृयतामा जम्मा भएको साे रकम आज लन्डनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेकी छन् । सहयोग रकम बुझ्दै नेपाली दूतावास लन्डनका थर्डसेक्रेटरी बाबुकाजी डंगोलले प्रधानमन्त्री …

Read More »

गैरआवासीय नेपाली सँघ यूरोप संयोजक भियनामा, एनआरएन अस्ट्रियामा त्रिपक्षीय भिडन्त

लन्डन । गैरआवासीय नेपाली सँघ अष्ट्रियाको नेतृत्वको लागि त्रिपक्षीय भिडन्त जारी छ । संघको आज भएको अधिवेशनले नयाँ नेतृत्वको चयन गर्न लागेको हो । अध्यक्षका लागि ध्रुव पौडेल, धर्मराज खतिवडा र मुक्त लामा गुरुङ चुनावी मैदानमा छन् । सो समाचार तयार पार्दा सम्म साल्सवर्क र भियना दुई क्षेत्रमा मतदान जारी …

Read More »

लण्डनमा हराएका भूपू गोर्खा सकुशल फेला

लन्डन,यहिं मार्च २५ तारिख शुक्रबारका दिन लन्डनको मुख्य केन्द्रविन्दु मानिने वेष्टमिनिष्टर आसपासबाट बेपत्ता भएका ७३ वर्षीय भूपू गोर्खा फेला परेकाछन । सोलुखुम्बु घर भएका ७३ वर्षीय दुर्गा प्रसाद राई भूपू गोर्खा आन्दोलनमा सहभागी हुन लन्डन गएका थिए । अल्डरसटबाट बस मार्फत आन्दोलनमा सहभागी हुन भनि आएका राई फर्किने बेलामा देखिएका …

Read More »

यूकेको समय एक घण्टा अगाडी हुने

लन्डन, २७ मार्च २०१६ आइतवार बिहानको १ बजे यूकेको समय एक घण्टा अगाडी जानेछ, अर्थात बिहानको १ बजेको समयलाई २ बजेको समयमा निर्धारित गरिनेछ । यहाँ प्रत्यक वर्ष मार्च महिनामा ब्रिटिस समर टाइम (British Summer Time )मा समयलाई एक घण्टा अगाडी लगिन्छ भने अक्टुबर महिनामा (Greenwich Mean Time) घडीलाई एक …

Read More »

लण्डनमा एक भूपू गोर्खा बेपत्ता

लन्डन । यहिं मार्च २५ तारिख शुक्रबारका दिन लन्डनको मुख्य केन्द्र वेष्टमिनिष्टर आसपासबाट एक भूपू गोर्खावृद्ध बेपत्ता भएका छन् । सत्याग्रह समितिका सूर्य नेग्वाङका अनुसार शुक्रवार बेलायती प्रधामन्त्री कार्यालय अगाडि भएको एक प्रदर्शनमा भाग लिन आएका दुर्गा प्रसाद राई बेपत्ता भएका हुन् । सोलुखुम्बु घर भएका ७३ वर्षीय राई भूपू …

Read More »

लामिछानेद्वारा नेपालका ४० विध्यार्थिलाई छात्रवृत्ति प्रदान गर्ने

लन्डन, लन्डनका एक सफल व्यावसायीको रुपमा परिचित व्यवसायी एवं समाजसेवी रविजंग लामिछानेले नेपालमा ४० वालवालिकालाई छात्रवृत्ति दिने भएका छन् । उनले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा रवि चन्द्र ट्रष्ट स्थापना गरि ४० वालवालिकालाई आउँदो शैक्षिक सत्र ०७३ देखि उत्कृष्ट निजी विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्ने भएका हुन् । द्वन्द्व …

Read More »

विश्वक प्रमुख गन्तव्यस्थल मध्ये नेपाल २३ औँ स्थानमा

लन्डन, अमेरिकाको एक ट्राभल्स सम्बन्धि वेबसाइट “ट्रीप एड्भाइजर” ले विश्वका प्रमुख २५ वटा पर्यटकीय मुलुकहरुको सूची प्रकाशन गरेकोछ । सन् २००० मा स्थापित उक्त कम्पनीको हेडक्वाटर अमेरिकाको म्यासाचयुट्स शहरमा रहेकोछ जुन संसारकै सबैभन्दा ठूलो ट्राभल्स साइट अन्तर्गत पर्दछ । यसमा ६० मिलियन भन्दा बढी सदस्यहरु रहेकाछन् । हालै मात्र सन् …

Read More »

फागुकाे रंगीन लहरहरू लण्डनमा पनि

फाइल फोटो – होली २०१४ लण्डन । अाज नेपालमा धुमधामका साथ फागु पर्व अर्थात् होली पर्व मनाइँदै छ । हाेली पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि …

Read More »

बेलायती युवराज ह्यारीको नेपाल भ्रमण उत्साहजनक

लन्डन, यहि मार्च १९ तारिख शनिवारका दिन बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारी नेपालको पाँचदिने औपचारिक भ्रमणमा नेपाल आएकाछन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीबाट पहिलो पटक नेपाल भ्रमण …

Read More »

खर्बपतिको सूचीमा बिनोद चौधरी

गोर्खा सम्वाददाता, नेपालका चर्चित उद्योगपति विनोद चौधरी फेरी पनि विश्वका धनिहरु मध्यको सूचीमा परेकाछन । यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन् । ९० सालको महाभूकम्प गएको २ वर्षपछि सन् १९३५ मा चौधरी परिवारले न्युरोड हालको विशाल बजार अघि वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको संचालन गरेका थिए । …

Read More »

पत्रकार महासंघ बेलायतको अधिवेसन सम्पन्न , अध्यक्ष्यमा खपांगी निर्विरोध

लन्डन । यहि मार्च ६ तारिख आइतवारका दिन लन्डनस्थित ब्लू अर्कीड रेस्टुरेन्ट नर्थल्टमा भएको पत्रकार महासंघ बेलायतको तेस्रो अधिवेशन सम्पन्न भएकोछ । उक्त अधिवेशनले पत्रकार महासंघ यूके शाखाको अध्यक्ष पदमा नरेश खपाङ्गीलाइ निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व सुम्पेकोछ । शाखाको वरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेल र उपाध्यक्षमा धु्रवराज अर्याल र महासचिवमा …

Read More »