Home > Programs > Gurkha News (page 5)

Gurkha News

कानुनबिनै रेल खरिद गर्ने तयारी

काठमाडौं : सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ। जनकपुर–जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन। सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ। रेल खरिद …

Read More »

नेकपाको सांगठानिक एकता प्रक्रिया अलपत्र, आश्वासन बढ्यो, एकता बढेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवादका कारण एघार महिनादेखि सांगठानिक एकता प्रक्रिया अलपत्र परेको छ । तीन महिनाभित्र टुंगो लगाउने भनिएको सांगठानिक एकताको काम एक वर्ष पुग्न लाग्दा समेत टुंगो लाग्न सकेको छैन् । सांगठानिक एकीकरणको काम टुंगो लगाउन गठित कार्यदल पनि असफल हुँदै आएको छ …

Read More »

वन्यजन्तुले अन्नबाली नष्ट गरेपछि चिन्ता

बनेपा : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ३ तेलमाले कुशादेवीका नवराज सापकोटाले पछिल्लो समयमा काँक्रो खेती जति गरे पनि बँदेल र मृगले नष्ट गरिदिएपछि आफूले गर्दै आएको पेशा नै छाडिदिएको बताउनुभयो । वार्षिक रु दुई लाखदेखि चार लाखसम्म अवस्थाअनुसार आम्दानी गर्दै आउनुभएका उहाँले त्यसरी वन्यजन्तुले सखाप पारेर दुःख दिन थालेपछि …

Read More »

ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आज बुटवल ग्यास उद्योगको ट्रक दुर्घटना भएको छ । बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक मध्यान्ह १२ बजे मंगलापुर चोकमा एक्कासि पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बीच सडकमा स्कुटीले झुक्याएर दुर्घटना भएको ट्रक चालकले …

Read More »

अवैध लागुऔषधसहित दुई जना पक्राउ

महानगरीय प्रहरी प्रभाग थानकोटले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ११९८ नम्बरको यात्रुबाहक बस र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २७७६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा सुनसरीका विकास साह र बाँकेका सन्तोष यादवलाई शनिबार बिहान पक्राउ गरेको हो । प्रभागका …

Read More »

काङ्ग्रेस समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्छ : नेता पौडेल

भरतपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारणा राखेका छन्। चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार काङ्ग्रेस परिवर्तन हुनुपर्ने बताएका …

Read More »

साहित्यकार प्रश्रितको स्वास्थ्यमा सुधार

काठमाडौँ । वरिष्ठ साहित्यकार एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ। ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको आजै दिउँसो शल्यक्रिया गरिएको थियो। हाल उनको उक्त अस्पतालको सिसीयूकक्षमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सक डा. रोशना तिमिल्सिनाका अनुसार साहित्यकार प्रश्रितको स्वास्थ्यमा निकै सुधार आएको छ। उनी खतरामुक्त छन्। काठमाडौंबाट–बुटवलको …

Read More »

अधुरा योजनालाई पूर्णता दिन बजेट व्यवस्थापन गर्न सुझाव

म्याग्दी: सङ्घीय सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अधुरा योजनालाई पूर्णता दिन बजेट व्यवस्थापन गर्न म्याग्दीका सरोकारवालाले सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट निर्माणका लागि शनिबार बेनीमा राष्ट्रियसभाका सदस्य तथा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माको उपस्थितिमा सुझाव सङ्कलन गरिएको थियो । जिल्ला समन्वय समितिले …

Read More »

अबको तीन दिनसम्म यस्तो हुनेछ मौसम

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताए । पूर्वमा बनेको न्यूनचापीय …

Read More »

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

राजविराज : सशस्त्र प्रहरीले शुक्रबार सप्तरीबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। चेकजाँचका क्रममा भारतको सुपौल जिल्ला डगमारा ग्राम पञ्चायत १२ घर बताउने २३ वर्षीय रमेशकुमार मण्डल पक्राउ परेको सशस्त्र प्रहरी ६ नम्बर गणका एसपी खेम थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट छिन्नमस्ताका सशस्त्र …

Read More »

यूएईमा ट्याक्सी दुर्घटना, २ नेपालीको मृत्यु, २ को आइसियुमा उपचार हुँदै

यूएई । यूएईमा ट्याक्सी दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ। उक्त ट्याक्सी दुर्घटनामा परी अरु दुई नेपाली घाईते भएका छन्। गत आइतबार राती १२ बजे भएको दुर्घटनामा परेर ज्यान गुमाउनेमा नवलपरासी कावासोती रामनगरका निरोज परियार र ठेगना नखुलेकी शान्ति विक रहेका छन्। दुर्घटना ग्रस्त ट्याक्सी चालक र ट्याक्सीमा …

Read More »

भव्य रुपमा मनाइयो काठमाडौंमा पूर्खा दिवस

काठमाडौं । नेपाल र नेपालीको गौरबमय इतिहास र विरासतलाई जीवन्त पार्न योगदान गरेका पूर्खाहरुको स्मरणमा आज नेपालमा पुर्खा दिवस भब्य रुपले मनाइएको छ। गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो। पूर्खाहरुको योगदानलाई कदर गर्दै हरेक वर्ष अप्रिल–५ लाई विशेष दिनको रुपमा लिंदै देश–विदेशमा रहेका नेपालीहरुले …

Read More »

परिवारका सबैमा अपाङ्गताले छाक टार्न समस्या

बझाङ : जिल्लाको बुगंल नगरपालिका–११ देउलीकोटमा एकै घरका चार जनामा अपाङ्गता भएपछि परिवारका सदस्यलाई छाक टार्न समस्या भएको छ । घरका मूलीसहित परिवारका सबै सदस्यमा अपाङ्गता भएपछि उहाँहरुको दैनिक रोजीरोटीमा समस्या भएको हो । ४५ वर्षीया नरि बोहरा, उहाँकी श्रीमती ४२ वर्षीया भागादेवी र दुई छोरा १४ वर्षीया रवीन्द्र र …

Read More »

मुख्यमन्त्री राउतद्वारा सडकको शिलान्यास

पर्सा । प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको वीरगञ्जको लक्ष्मनवा र नगवार गणेश टोलको सडक तथा नालाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज शिलान्यास गरे । सो सडक तथा नाला निर्माण सम्पन्न भएपछि वर्षायाममा डुबानको समस्या खेप्दै आएको नगरवासीलाई राहत हुनेछ । त्यस लक्ष्मनवामा निर्माण हुने सडक तथा …

Read More »

हावाहुरी प्रभावितलाई प्रदेश ५ सरकारले एक करोड सहयोग गर्ने

रुपन्देही । प्रदेश नं ५ सरकारले बारा र पर्सा क्षेत्रका हावाहुरी प्रभावितलाई रु एक करोड सहयोग गर्ने भएको छ । बुटवलमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रभावितहरुको सहयोगका लागि रु एक करोड रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । …

Read More »

राजपा नेताका गाडीको लावालस्करले हावाहुरी प्रभावित वस्तीमा ‘सवारी जाम’

बारा। यो दृष्य बारा जिल्लाको परवानीपुर गाउँपालिका वार्ड नम्बर –४चैनपुर चोक गाउँको हो। गत आइतबार राति आएको भीषण हावाहुरीका कारण यो गाउँमा ठूलो भौतिक क्षति भएको छ। हावाहुरीले ढलाएका सवारी साधनलाई व्यवस्थित गर्न क्रेन मगाएर यहाँ धमाधम काम चल्दै थियोे। यहीबीचमा राजपाका नेताहरुको एउटा टोली घटनाको झण्डै ४८ घण्टापछि प्रभावित …

Read More »