Breaking News
Home > Programs > Gurkha News (page 30)

Gurkha News

‘बालुवाटार जग्गा प्रकरणबारे सरकारले प्रष्ट पार्नुपर्छ’

काठमाडौं। राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग गरेका छन्। सिंहदरबारस्थित सङ्घीय संसद्, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा समितिका सदस्यले ती दुई प्रकरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका विभिन्न नेता वा जोकोही मुछिए पनि पारदर्शी ढङ्गबाट छानबीन …

Read More »

जेठ दोस्रो साता योजना नसके भुक्तानी रोकिने

बागलुङ – बडीगाड गाउँपालिकाले जेठको दोश्रो सातासम्म सबै योजना सक्नेगरि कार्यक्रम तय गर्दै तोकिएको समयमा योजना सम्पन्न नगरेमा भुक्तानी नदिने निर्णय गरेको छ । प्रत्येक महिनाको १५ गते बस्ने गाउँ कार्यपालिकाको हालै बसेको कार्यपालिकाको बैठकले जेठ १५ पछिको कुनैपनि योजनाको भुक्तानी सदर नगर्ने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले …

Read More »

धनुषामा प्रहरीको हतियार खोसेर तस्कर फरार

जनकपुर : धनुषामा तस्करले प्रहरीको हतियार खोसेर भागेका छन् । घनुषाको मुखियापटि मुसरनिया गाउँपालिका–१ मा रहेको नेपाल-भारत नाकामा मंगलबार राति नेपालबाट लोकल रक्सी ओसार–पसार गरिरहेका करिब १०–१२ जनाको समूहमा रहेका तस्करलाई प्रहरीले रोक्न खोजेको थियो। नाकामा रहेको प्रहरी चौकीबाट खटिएको नेपाल प्रहरीसहयक निरीक्षक प्रमोदकुमार साहसहितको टोलीले उनीहरुलाई रोक्न खोजेको थियो …

Read More »

धनमाल जलेर नष्ट

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ शोभा भगवतीस्थित विमला शाहीको घरमा आज आगलागी हुँदा करीब रु सात लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । घरको दोस्रो तलामा रहेको पूजा कोठाबाट आगो सल्किएको र आगलागीका कारण नखुलेकाले अनुसन्धान भइरहेको स्वयम्भू प्रहरीले जनाएको छ । आगलागीमा नगद रु तीन लाखसहित लत्ताकपडा र भाँडाकुँडा …

Read More »

‘निर्माण कार्यमा लापरवाही गर्नेलाई कारवाही’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई कारवाही गरिने बताएका छन् । नेपाल निर्माण व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार यहाँ आयोजना गरेको ‘सार्वजनिक खरीद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावली संशोधन’ बारे आयोजित कार्यक्रममा उनले निर्माण व्यवसायमा विकृति बढ्दै गएकाले निर्माण कार्यमा लापरवाही …

Read More »

माईक्रोको ठक्करबाट सडकमा खसेका २ को ट्रकले हानेर मृत्यु

धादिङ । पृथ्वीराजमार्गस्थित गल्छी गाउँपालिका–४ बेल्खुमा आज मोटरसाइकल र माइक्रो बस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि आएको अर्को सवारी साधनले मोटर साइकलमा सवार दुई जनालाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ। चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल र काठमाडौँबाट नवलपरासीतर्फ आउँदै गरेको बा ४ …

Read More »

पाँचथरमा दलित र माझी समुदायका ११५ विपन्न परिवारका घर बनाईने

काठमाडौँ । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पाँचथरमा दलित र माझी समुदायमा ११५ विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ। सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा पाँचथरका आठ स्थानीय तहमा उक्त सङ्ख्यामा घर निर्माण गर्न लागिएको हो। पाँचथरमा फिदिम नगरपालिका ४, ५, ७, ८ र ९ नं वडामा माझी समुदायका …

Read More »

होटलमा महिलाको शव फेला

पोखरा । पोखराको रामघाटमा रहेको एक होटलमा महिलाको शव फेला परेको छ। स्याङ्जा स्थायी घर भएकी मिना खड्का पोखराको रामघाट स्थित एक होटलमा मृत अवस्थामा फेला परेकी हुन्। स्याङ्जाको वालिङ नगरपालिका–५ निवासी ६२ बर्षीया खड्का मंगलबार मृत भेटिएकी हुन्। सोमबार बेलुका सुतेकी खड्का विहान अवेरसम्म नउठेपछि होटल संचालकले हेर्दा भुईमा …

Read More »

अमेरिकी सहयोगमा विद्यालय निर्माण

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलबार तीन नयाँ प्राथमिक विद्यालय काभ्रेपलाञ्चोकका बासिन्दालाई हस्तान्तरण गरेका छन्। यी विद्यालय अमेरिकी जनताको सहयोगमा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) मार्फत निर्माण भएका थिए। उक्त समारोहमा राजदूत बेरीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलका साथै स्थानीय समुदाय पनि उपस्थित थिए। विद्यालय हस्तान्तरण समारोहमा राजदूत बेरीले …

Read More »

‘बालुवाटारको जग्गा’ लाई कांग्रेसले मुद्दा बनाउने

काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणलाई मद्दा बनाएर प्रचार गर्ने भएको छ। कांग्रेसले बुधबार प्रेस नोट जारी गर्दै बालुवाटारको जग्गा लगायतका विषयमा ‘आवाज घनीभूत बनाइने’ उल्लेख छ। कांग्रेसले वैशाख २५ गतेदेखि ‘राष्ट्रिय जागरण अभियान’ गर्दै छ। ‘बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति कांग्रेसले …

Read More »

ज्योतिषीय परामर्श किन ?

केही समयअगाडि अस्ट्रेलियामा बस्ने एक नेपाली मूलका सेवाग्राहीले फोन गर्दै निराश स्वरमा भने, ” गुरु ! कमाइ र ऋणको सन्तुलन भएन । निकै तनावमा छु । आफ्नो गाडी पनि बेचेँ । यहाँ चिट्ठा किन्न पाइन्छ । एउटा चिट्ठा पर्यो भने त लगभग जीवन नै सेटल हुन्छ । लौ न मेरो …

Read More »

आज मजदुर दिवस; देशभर सार्वजनिक बिदा

काठमाडौँ। सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो। अन्तराष्ट्रिय मजदुर दिवस परेकाले सरकारले बिदा घोषणा गरेको हो । आज बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छन्। बिदा घोषणा गरे संगै आज देश भरिका शैक्षिक संस्था …

Read More »

श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानूनी सुधारको थालनीः मन्त्री विष्ट

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताएका छन्। १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज देश विदेशमा रहेका श्रमिकलाई शुभकामना दिँदै उनले श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजना …

Read More »

ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थाले : विश्वकर्मा

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले …

Read More »

शेयर बजार: दोहोरो अङ्कले घट्यो

काठमाडौं। एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेञ्जनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८।६० बिन्दुमा पुगेको छ। लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने …

Read More »

बजेट र कर्मचारी अभावले काम प्रभावित

बागलुङ – चालु आर्थिक बर्षभित्रै साविकको धौलागिरिका चार जिल्लाका ८ हजार घरधुरीमा एक घर एकधारा पु¥याउने काम प्रभावित हुने भएको छ । कर्मचारी र बजेटको अभावका कारण बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित कार्यक्रम प्रभावित हुने देखीएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले सुरु गरेका योजनाहरुको कामले कर्मचारी …

Read More »