Home > Programs > Gurkha News (page 3)

Gurkha News

लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

मंगलबारे, इलाम – हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् । नेपाल मधेश फाउण्डेशन, सुन्दर शान्त नेपाल नामक संस्थाद्वारा सदरमुकाममा आयोजित ‘वित्तिय संस्थाले पारेको सामाजिक प्रभाव तथा असर’ विषयक कार्यक्रमका वक्ताले विकृति र विसंगति बढेकाले यस्तो नीति परिमार्जन गर्न माग गरेका …

Read More »

राससकर्मी दर्नाललाई ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौँ – पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार दर्नालले बालबालिकाको क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको कदरस्वरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यहाँ आज आयोजित एक …

Read More »

नीति आयोगको उपाध्यक्षमा डा देवकोटालाई नियुक्ति

हेटौँडा – प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा खिमलाल देवकोटालाई नियुक्ति गरेको छ । यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ भने अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रदास ढुंगेलले जानकारी दिनुभयो । …

Read More »

कलाकारितामा ठूलो क्षति ;भिम बहादुर थाापको निधन

काठमाडौं । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ । कलाकार दीपकराज गिरिका अनुसार बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ । थापाले झण्डै एक …

Read More »

बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

नवलपरासी – पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ । पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को घरमौरीमा रहेको स्थानीय बेइलादेवी शर्माको उखुबारीमा काम गर्ने ५० वर्षीया …

Read More »

अनमी नहुँदा बर्थिङ सेन्टर बन्द

जाजरकोट – यहाँको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ । सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भीमराज सिंहले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा दुई जना अनमीको दरबन्दी हुनुपर्ने भएपनि हाल एकवटा मात्र दरबन्दी रहेको …

Read More »

पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज – सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा सोमबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । स्थानीय कैलाश साहका ११ वर्षीय छोरा देवकुमार साहको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । केही दिनयता तराईमा बढेको अत्यधिक गर्मीका कारण गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने …

Read More »

ट्रम्प र किमबीच ५० मिनेट वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० मिनेट भेटवार्ता भएको सीएनएनले लेखेको छ । भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘हामी दुईबीच राम्रो सम्वन्ध …

Read More »

प्रवासीद्वारा पदमार्ग र प्रतिक्षालय निर्माण

बाबियाचौर, म्याग्दी- अन्नपूर्ण गाउँपालिका–१ दोवामा एक प्रवासीले दिवंगत आफन्तको स्मृतिमा पदमार्ग र प्रतीक्षालय निर्माण गर्नुभएको छ । दोवा घर भई हाल बेलायत बस्दै आउनुभएका दलबहादुर पुर्जाले करीब रु तीन लाख लगानीमा दोवा जिपपार्कमा प्रतीक्षालय र त्यहाँदेखि १०० मिटर पक्की पदमार्ग निर्माण गर्नुभएको हो । बेलायती गोर्खा सैनिकका सेवानिवृत्त दलबहादुर र …

Read More »

स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

लहान – स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित आज प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ गरेको हो । पक्राउ परेका खन्डेवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको …

Read More »

नगदसहित १२ जना जुवाडे पक्राउ

दमौली, तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ । सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो …

Read More »

अपहरणमा परेका बालक मृत अवस्थामा फेला

रौतहट- अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ …

Read More »

आगलागीबाट करोडौंको नोक्सानी

इटहरी- सुनसरी इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा गएराति आगलागी हुँदा रु अढाइ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राति ११ बजेर ३५ मिनेटतिर इन्द्र फेन्सी स्टोरमा अकस्मात आगलागी हुँदा स्टोरमा रहेका बहुमूल्य लत्ताकपडालगायतका सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ …

Read More »

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघीय नक्कल ;नेता शाही

सुर्खेत- नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव ०७५÷०७६ नीति तथा कार्यक्रमलाई उहाँले संघीय सरकारको नक्कल मात्र नभई कथाको पाना जस्तो भएको संज्ञा दिनुभयो । नेता शाहीले …

Read More »

छरपष्ट तारहरुको भूतले मृत्युको भय

सरु पौडेल , काठमाण्डौ – हामी कैयौँ ठाउँमा विजुलीको भुइँमा लत्रेको तारमा करेन्ट लागेर मृत्यु भएको खबर पाउँछौँ । काठमाण्डौको विभिन्न ठाउँहरुमा विजुली ,केबल तथा टेलिफोनका यस्ता नाङ्गा तारहरु एकै ठाउँमा भद्रगोल तरिकाले मान्छे बाटोमा हिँड्दा तर्साउने गरी गन्जागोल तरिकाले जेलिएका छन् । राज्यको केन्द्र मानिएको राजधानीमा त तारहरु यस्तो …

Read More »

सरकारी कार्यालयमा विचौलियाको बिगबिगी

सरु पौडेल ,काठमाण्डौ– काठमाण्डौमा रहेका विभिन्न सरकारी कार्यालयहरुको चोक चोकमा विचौलियाहरु बसेर सेवाग्राहीलाई दुःख दिने गर्दछन् । कार्यालयमा काम गर्न आएको होस् वा बाटो हिँड्दै गरेको बटुवा होस् ती विचौलियाहरुले तँछाड मछाड गरी हातै तान्न भ्याँउँछन् । बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यालय , सोल्टीमोडमा रहेको श्रम कार्यालय, यातायात कार्यालयहरुमा अरुभन्दा …

Read More »