Breaking News
Home > Programs > Gurkha News (page 20)

Gurkha News

विशेष दूत पठाउने कुनै तयारी छैन : बास्कोटा

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विशेष दूत भारत पठाउने हल्ला मात्र भएको बताएका छन्। मन्त्रिपरिषद्‍को निर्णयबारे जानकारी दिन सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यस्तो बताएका हुन्। ‘विशेष दूतको बारेमा मैले पनि मिडियाबाटै थाहा पाएँ, सरकारले भोलि पठाउन सक्ला तर अहिले यसबारेमा …

Read More »

अनुष्कालाई मल्टिमिडिया अवार्ड, टप ३० मा पर्न सफल

गोर्खा अनलाइन रेडियो लन्डन, मिस वर्ल्ड प्रतियोगितामा भाग लिइरहेकी मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छन् । यसपछि उनि टप ३० भित्र पर्न सफल भएकी छन् । मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको दोस्रो चरण राउन्ट टू मा इन्डोनेसियासँगको प्रतिस्पर्धामा अनुष्का श्रेष्ठले मिस वल्र्ड प्रतिस्पर्धाको उत्कृष्ट ४० …

Read More »

रवि लामिछाने रियालिटी शो ‘द लिडर’गर्ने ,बाबुराम,सुशिला कार्की र रविन्द्रसम्म निर्णायक

काठमाडौं। टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ। ‘को बन्छ करोडपति’संचालनमा ल्याएको ‘एसआरविएन’मिडियाले छिट्टै टेलिभिजनको पर्दामा संचालनमा ल्याउन लागेको कार्यक्रमको बिहीबार राजधानीमा घोषणा गरियो। यो कार्यक्रमलाई सञ्चारकर्मी रवि लामिछानेले संचालन गर्नेछन्। भने निर्याणकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र …

Read More »

कञ्‍चनपुरमा हात्ती आतंक

महेन्द्रनगर : महाकाली नगरपालिकामा हात्ती आक्रमणबाट दुईजना महिलाको मृत्यु भएको घटना सेलाउन नपाउँदै बुधबार राती कञ्चनपुरको बेदकोट नगरपालिका २ मुक्त कमैया शिविरमा हात्तीको आक्रमणबाट एकजना वृद्ध घाइते भएका छन्। राती १ बजेतिर आएको हात्तीको आक्रमणबाट सीताराम डगौरा घाइते भएका हुन्। उनको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको बेदकोट नगरपालिका २ का वडा …

Read More »

कांग्रेस केन्द्रीय समितिको बैठक: सानेपामा ‘एजेन्डा’ मिलाउँदै नेताहरू

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार दिउँसो बस्‍ने भनिए पनि अहिलेसम्म एजेन्डा तयार हुन सकेको छैन। केन्द्रीय समितिको बैठकअघि एजेन्डामाथि छलफल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका पदाधिकारीको बैठक सानेपा पार्टी कार्यलयमा बसिरहेको छ।१२ बजे बोलाइएको बैठक २ बजेसम्मका लागि सारिएको छ। केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले …

Read More »

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

सिमकोट । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ। नेपालगञ्ज …

Read More »

सामुदायिक विद्यालयका ५ हजार दरबन्दी मिलान

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । आगामी शैक्षिक सत्र शुरु हुनुअघि नै दरबन्दी मिलान सक्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । विद्यार्थी संख्याको अनुपातमा बढी शिक्षक दरबन्दी रहेको विद्यालयबाट कम दरबन्दी रहेको विद्यालयमा शिक्षक पठाइने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री …

Read More »

बिहीबार सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन । गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार …

Read More »

आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइँदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार …

Read More »

सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा

गोर्खा अनलाइन रेडियो लन्डन, १३ औँ सागको समापन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै विजेता खेलाडीहरुलाई उचित पुरस्कार दिने घोषणा गरे अनुसार सागका स्वर्ण विजेता नेपाली खेलाडीलाई सरकारले सम्मानस्वरूप जनही ९ लाख रूपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खेलाडीहरूलाई बालुवाटारमा बोलाएर खेलाडीहरुलाई सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेका …

Read More »

मिस वर्ल्ड अनुष्का श्रेष्ठ उत्कृष्ठ ४० स्थानमा प्रवेश

गोर्खा अनलाइन रेडियो लन्डन, मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको दोस्रो चरण पनि नेपालले जित्न सफल भएको छ । हेड टू हेड च्यालेन्जको दोस्रो चरण राउन्ट टू मा नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो, जसमा नेपालकी अनुष्का श्रेष्ठले जित हात पार्नुभएको हो । हेड टू हेड च्यालेन्जको उत्कृष्ट १० मा छनौट …

Read More »

दुई हप्तासम्म नारायणगढ–मुग्लिन सडक बन्द हुने

काठमाण्डौ। नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै …

Read More »

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडाैं। खइरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका हुन्। यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य …

Read More »

सागका लागि ल्याइएको पटका पड्काउँदा घाइते बालकको मृत्यु

जनकपुरमा भएको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उद्घाटन समारोहमा आतिशबाजीका लागि ल्याइएको पटका पड्काउँदा घाइते भएका एक बालकको मंगलबार मृत्यु भएको छ। सागको उद्घाटन समारोहमा पड्किन नसकेको पटका १० वर्षीय बालक आलोक राउतले घरमा लगेका थिए। घरमा सोही पटका पड्काउने क्रममा उनी घाइते भएका थिए। जनकपुरधाम १३ …

Read More »

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

सप्तरी । स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह छन् । ३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले बताए । पीडित महिलाले आफूलाई …

Read More »

करोडौं ठगी गर्ने गिरोह पक्राउ, बैंक हृयाक गर्ने गिरोहसँग कनेक्सन

काठमाडौं । प्रहरीले अनलाइन ठगी र बैंकको सिस्टम हृयाक गर्ने एउटा गिरोहलाई पक्राउ गरेको छ । आकर्षक उपहार पर्‍यो भन्दै सार्वसाधारणलाई ठगेको आरोपमा प्रहरीले यो समूहलाई पक्राउ गरेको थियो । तर अनुसन्धानका क्रममा कृषि विकास बैंकको हृयाकिङमा संलग्नहरुसँग समेत उनीहरुको कनेक्सन देखिएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले …

Read More »