Breaking News
Home > Programs > Gurkha News (page 147)

Gurkha News

कहिले आउला ‘बोल माया २’ ;यसो भन्छन् प्रकाश सपुत (भिडियो)

काठमाडौँ। ‘बोलमाया’ गीतका सर्जक तथा गायक प्रकाश सपूतले ‘बोलमाया’ गीतको दोस्रो भाग तत्काल नआउने बताएका छन्। उनले भनेका छन् ‘बोलमाया’ गीतको भिडियो आफैमा पूर्ण छ । यसलाई अब कसरी दोस्रो भागको रुपमा ल्याउने त्यसको बारेमा सोचेको छु तर तत्कालै त्यो बजारमा आउँदैन । एक अन्तर्वार्ताको क्रममा उनले बोल माया गीतको …

Read More »

धातु मिसावट गरेको आरोपमा १२ जना सुन व्यवसायी पक्राउ

गुलरिया : बर्दियामा सुनमा धातु मिसावट गरेको भन्दै १२ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया अन्र्तगतको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा धातु मिसावट गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । बर्दियाका विभिन्न क्षेत्रको नमूना परिक्षण गर्दा ८ प्रतिशत सम्म अन्य धातु …

Read More »

‘रोटरी मुसहर नमूना बस्ती’ हस्तान्तरण

रत्ननगर, चितवन – चितवनको रत्ननगर नगरपालिका–७ सिसवारमा निर्माण भएको ‘रोटरी मुसहर नमूना बस्ती’ शनिबार हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटको अगुवाइमा ‘रोटरी मुसहर नमूना बस्ती’ …

Read More »

आगलागीबाट पाँच लाख बराबरको क्षति

गौशाला – महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार शनिबार सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा भीषण आगलागी भएको थियो । सो आगलगीमा परी …

Read More »

मुसहर बालबालिकासँग कलाकार कुञ्जनाको जन्मदिन

बर्दिवास – “तपाईले हामीलाई बिर्सन पाउनु हुन्न” महोत्तरी जिल्लाको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सादाले सयपत्री फूलको माला हाँस्यकलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई लगाउँदै भनिन् । कुञ्जना र उहाँका पति हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूहरुका लागि पक्की घर बनाई दिएर विद्यालयमा नाम लेखाइ दिएको दुई …

Read More »

नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ । बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो । चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो । दासको शव …

Read More »

जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत

सल्लेरी, सोलुखुम्बु – जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा जीप चालक उदयपुर सिरिसे– …

Read More »

अनुदानका प्रविधि वितरणमा अनियमितता

बेनी, म्याग्दी – घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जिल्लाका साना तथा घरेलु उद्योगमा लागेका उद्यमीलाई अनुदानमा उपयुक्त प्रविधि वितरण गर्ने क्रममा अनियमितता भएको छ । चालु आवमा जिल्लाका उद्यमीहरुका लागि रु २४ लाखभन्दा बढिको प्रविधि हस्तान्तरण गर्ने क्रममा साना तथा मझौला उद्यमीहरुलाई भन्दा ठूला उद्योगी, व्यापारी र पहुँच …

Read More »

वैदेशिक रोजगारीलाई सहजता ल्याउन निर्देशिका

काठमाडौँ – सरकारले वैदेशिक रोजगारमा जाने नेपालीको सहजताका लागि पहिलोपटक कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ । विशेषगरी वैदेशिक रोजगारीमा जाँदा कामदारले विभिन्न कसुरमा भोग्नुपर्ने कारावासलाई मध्यनजर गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा ल्याइएको सो निर्देशिकालाई आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । श्रम मन्त्री गोकर्णराज …

Read More »

मदन भण्डारीको जन्मजयन्तीमा फलफूल रोपियो

रत्ननगर, चितवन – प्रदेश नं ३का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले हरेक सामुदायिक वनमा इको ¬टुरिजम पार्कको विकास गर्नुपर्ने बताउनुभएको छ । स्व मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा विहीबार मदन भण्डारी फाउण्डेशन चितवनद्वारा कालिका नगरपालिकास्थित पदमपुरको थाङ्खोला सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने कार्यक्रममा उहाँले प्रदेश सरकारले यसका …

Read More »

कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान, लुटपाट, चेक अनादर, चोरी, लागूऔषध, लिखित गाली बेइजती, सरकारी छाप कीर्ते, जालसाजीलगायतका मुद्दामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार अदालतबाट न्यूनतम दुई …

Read More »

सरोकारवाला निकायले वास्ता नगरेपछि यस्तो उपाय अपनाए स्थानीय जनता

सरु पौडेल , काठमाण्डौ – सिंहदरबारको दक्षिण गेटसाइडमा नाङ्गो तारलाई रबरप्लान्टको रुखले छोएको वर्षैँ बितिसकेको छ । स्थानीयबासीले पटकपटक विद्युत प्राधिकरण , महानगरपालिका तथा अन्य सरोकारवाला निकायलाई समेत जानकारी गराए तर कुनै पनि सरोकारवाला निकायले त्यसको वास्ता गरेनन् । यतिसम्म कि सिंहदरबार भनेको सिङ्गो देशकै प्रशासनिक निकाय हो, जुनसुकै मन्त्रीदेखि …

Read More »

जिपको ठक्करबाट किशोरीको मृत्यु

रामपुर, पाल्पा – रैनादेवी छहरा गाउँपालिका–४ अमलावासमा बोलेरो जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । जिपको ठक्करबाट सोही ठाउँ बस्ने अन्दाजी १४ वर्षीय विपना काफ्लेको मृत्यु भएको हो । विद्यालयबाट घर फर्कदै गरेकी उनलाई सडक पार गर्ने क्रममा छहराबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको लु १ प ७७६२ नंको जिपले …

Read More »

धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए

मलेखु, धादिङ – धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर …

Read More »

हुण्डी कारोबारी पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले स्रोत नखुलेको रु २० लाख नगद र एक थान मोबाइलसहित काठमाडौँ तारकेश्वरका ७२ वर्षीय बालकृष्ण भण्डारीलाई आज दिउँसो सोह्रखुट्टेबाट पक्राउ गरेको हो । प्रहरीले हुण्डी कारोबारको रकम लिई आउँदै गरेको …

Read More »

दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

फलेवास, पर्वत – तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा रहनुभएको छ भने भाउजु छोरीका साथ सदरमुकाम …

Read More »