Home > Programs > Gurkha News (page 14)

Gurkha News

मन्त्रालय मातहतमा अब ५४ विभाग मात्र हुने

काठमाडौँ- संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर …

Read More »

ग्वाटेमालामा ज्वालामुखी विस्फोट

बीबीसी । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ हराइरहेका छन्। अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित …

Read More »

राष्ट्रिय पोशाक अनिवार्य लगाउनुपर्ने

भोजपुर – भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराउनुभएको हो । गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था …

Read More »

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

पाल्पा- माथागढी गाउँपालिकास्थित रुप्सेमा आज भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन कुमाल रहेका छन् । रुप्सेबाट खहरेखोलातर्फ जाँदै गरेको लु ३ त १९५३ नं को ट्र्याक्टर रुप्सेको मोहने भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँका राहुल …

Read More »

सुनसरीमा जंगली हात्तीको आतंक

इनरुवा- सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिनुभयो । रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । गएराति …

Read More »

यूक्रेनी पत्रकारलाई रूसमा १२ वर्ष जेल सजायँ

मस्को, रूस- यूक्रेनी एक पत्रकारविरुद्ध परेको रूसविरूद्ध जासुसी गरेको भन्ने मुद्दाको अन्तिम सुनुवाई गर्दै रूसी एक अदालतले सोमबार उनमाथि १२ वर्षको जेल सजायँको घोषणा गरेको छ । यूक्रेनी राज्य सञ्चालित समाचार संस्था यूक्रिनफर्ममा एक दशकभन्दा बढी काम गरेका सञ्चारकर्मी रोमन सुश्चेन्कोलाई रूसी सरकारको कडा निग्रानी क्षेत्रमा रहेको जेलमा कैदीका रूपमा …

Read More »

महिला तरकारी खेतीमा

खोटाङ -रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २४ वर्षीया दिपा आचार्यले दुई रोपनी जग्गामा फलाएको मुलाबाट रु ४५ हजार आम्दानी गर्नुभयो । एक वर्ष अघिसम्म बाँझो रहने जग्गामा यस वर्ष रु ९०० को बीउबाट मनग्य कमाइ भएपछि आचार्यको जोश बढेको छ । मंसिर अन्तिममा लगाएको मुलाले फागुनमै प्रतिकिलो रु ३५ देखि रु …

Read More »

२४ वर्षपछि फर्किए गणेश

कञ्चनपुर- युवा अवस्थामै कमाउनका लागि भारत पुग्नुभएका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिताउनुभएको थिएन । कमाउनका लागि भारततर्फ जाने बेला रु चार हजार मूल्यबराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्कनु भएका उहाँलाई त्यही सामानले भारतमा २४ वर्ष …

Read More »

नेपाल प्रेस युनियनद्वारा आक्रमणको निन्दा

काठमाडौँ। नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ। गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलबारीस्थित घरमै बसेको अवस्थामा विशाल थापा, जगेन गुरुङ र चित्र खड्काको समूहले आक्रमण गरेको हो। आक्रमणमा परेका गिरीको टाउको तथा जीउमा चोट लागेको छ। समाचार लेखेकै आधारमा आफूमाथि सांघातिक आक्रमण गरिएको पत्रकार गिरीले …

Read More »

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

भीमदत्तनगर – वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ । बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने भन्दै महिलालाई चलाखीपूर्ण ढंगले नाका कटाउने गरिएको छ । “हामीलाई …

Read More »

नेकपा–फोरमबीच एकता हुने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ। नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै पार्टी एकताका लागि अनौपचारिक छलफल सुरु भएको हो। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी …

Read More »

चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

नुवाकोट- रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ । केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिनुभयो …

Read More »

दुई छोरासहित आमा सम्पर्कविहीन

बेनी, म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन् । विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर्षीय छोरा रोहित र सात वर्षीय हेमन्त दरवाङबाट सम्र्पकविहीन भएको कल्पनाका जेठाजु हीरा पुनले बताउनुभयो । “आफन्त भएका सबै ठाउँमा खोजीकार्य …

Read More »

भैंसी चराउन गएका युवक मृत फेला

सुनसरी — सुनसरीको कोशी गाँउपालिका–७ का ३५ वर्षीय लक्ष्मीनारायण खत्वे मृत अवस्थामा फेला परेका छन् । शुक्रबार घरबाट भैंसी चराउन निस्केका उनी बेलुकीसम्म नफर्केपछि परिवारले खोजतलास गर्दा शनिबार कोशीले कटान गरेको भंगालोमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान …

Read More »

कालीगण्डकी महिला सहकारीको सहकारी सचेतना अभियान

समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी माध्यममार्फत स्थानीय स्रोतको अधिकतम परिचालन गर्नू पर्नेमा बागलुङको बलेवामा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटास्थित कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको २ दिने सहकारी शिक्षा कार्यक्रमको शनिवार आयोजित समापन कार्यक्रमका वक्ताहरुले …

Read More »

‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै

रुपन्देही- सिमसार क्षेत्रमा सूचीकृत जिल्लाको ‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । आन्तरिक पर्यटकको घुइँचो लाग्ने उक्त ताल बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बनेको स्थानीय भरतमणि सापकोटाले बताउनुभयो । तालको सुन्दरता संरक्षणमा ध्यान दिनसके सो ताल स्थानीयवासीका लागि जीविकोपार्जनको माध्यम बन्ने उहाँको भनाइ छ । ताल आसपास निर्माण हुने …

Read More »