Home > Programs > Gurkha News (page 104)

Gurkha News

सम्पादकीय तहमा पुग्न सकेनन् महिला

काठमाडौँ- पुरुषको तुलनामा समान हैसियत भए पनि अझै पनि नेपाली सञ्चारगृहका महिला पत्रकार सम्पादकीय तहमा पुग्न नसकेको बताइएको छ । बुधबार यहाँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आयोजना गरेको ‘समाचार कक्षमा पत्रकार महिलाको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा संस्थाका अध्यक्ष अमिका राजथलाले नेपालका सञ्चारगृहमा समान हैसियत भएका …

Read More »

एमाले बैठक स्थगित

काठमाडौँ- नेकपा (एमाले) को आज साँझ बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता प्रक्रियालगायतका विषयमा छलफलका लागि बोलाइएको सो बैठक साँझ ६ बजे बोलाइएकामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगन गर्नुभएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । गृह जिल्ला झापामा …

Read More »

अमेरिकामा एक नेपालीको मृत्यु

रुकुम- आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो । एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उहाँको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बुढामगरले …

Read More »

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

सिमरा, बारा- बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख …

Read More »

सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँः व्यवसायी

काठमाडौँ- यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् । गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् । वार्ता संवादबाट यस …

Read More »

छायाँ छविको सातौँ श्रृङ्खलामा गुञ्जिए सीता र हेमन्त

काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा विगत सात महिनादेखी हुँदै आएको छायाँछवि काब्य शृङ्खलाको सातौं सिलसिला सम्पन्न भएको छ । मासीक रुपमा नियमीत आयोजना हुँदै आइरहेको यस पटकको शृङ्खलामा युवा साहित्यकार तथा कवि हेमन्त विवश तथा युवा पुस्ताकी गजलकार सीता प्याकुरेलले काव्य रचना प्रस्तुत गरेका थिए भने विशिष्ट अतिथिको रुपमा संस्कृतिविद …

Read More »

सेतो दरबार , एक जानकारी

वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीर शमसेरले प्रति रोपनी रु. ६० का दरले ३७५ रोपनी जग्गा खरिद गरी निर्माण गराएको यस दरबारमा ठूला ठूला क्रिस्टलका झार र बार्दली बार इटालियन मार्वलको टेवल , बेल्जियमका ऐनाहरु बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका ८ वटा सेता स्फटिक खम्बा जडान गरिएका …

Read More »

चिनलाई उपहार दिन लागेको पोथी गौडा नियन्त्रणमा

चितवन – सरकारले चीन सरकारलाई उपहार दिन लागेका गैंडामध्ये एउटा पोथी गैंडा आज नियन्त्रणमा लिइएको छ । सरकारले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिन लागेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जको सुखीभारबाट अन्दाजी दुई वर्षको गैंडा नियन्त्रणमा लिइएको हो । सो गैंडालाई आजै …

Read More »

अपांगहरुलाई बाख्रा वितरण

तुलसीपुर, दाङ- तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ । अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताउनुभयो । मंगलबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गर्नुभएको हो । सो अवसरमा बोल्दै नगर …

Read More »

सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

विराटनगर- मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप एकापसमा ठक्कर खाँदा कारमा सवार झापाका ५० वर्षीय जयसिंह राजवंशी र मोरङको जहदा …

Read More »

स्याङ्जामा नक्कली नोटको बिगबिगी

स्याङजाः स्याङ्जा सदरमुकाम तथा पुतलीबजार नगरपालिकामा मुख्य बजारबाट नेपाली एक हजार रुपैंयाका नक्कली नोट छ्याप्छ्याप्ती फेला परेका छन् । सहकारीका सेवाग्राहीले आफनो रकम बचत गर्ने क्रममा नक्कली नोट उपलब्ध गराएको हुनसक्ने अनुमान गरिएको छ । पुतलीबजार नगरपालिका–१ स्थित जयजनता बहुउदेश्यीय सहकारी लिमिटेडमार्फत संकलन गरिएको रकम गण्डकी विकास बैंकका जम्मा गर्ने …

Read More »

नेपाल—भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी-पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यस्तो संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार ढकाल जानकारी दिनुभयो । नेपाल—भारत दशगजा क्षेत्र नवलपरासीको …

Read More »

लोकतन्त्रमा मात्र श्रमको सम्मान हुन्छःसभापति देउवा

काठमाडौँ-नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिवसका अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । विश्व श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु मजदुर आन्दोलन भएको गर्दै २००३ सालमा …

Read More »

सामाजिक सञ्जालको दुरुपयोग गर्ने पक्राउ

बनियानी, झापा- सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न बोलाउने, भेट्न नगएमा फेक आइडी बनाएर दुःख दिइने आरोपमा मेचीनगर–१० का ३० वर्षीय श्यामकृष्ण सार्कीलाई प्रहरीले पक्राउ गरेको …

Read More »

कुखुरा फार्ममा चित्तल काट्ने छ जना पक्राउ

कैलाली- कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चित्तलको मासु र काट्न प्रयोग भएको हतियारसहित छजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर …

Read More »

काबुलमा भएको आत्मघाती हमलामा २३ को मृत्यु

काबुल। अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ। मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम हमलामा परी अरु २७ जना नराम्ररी घाइते भएका बताइएको छ। सो विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका छन्। उनीहरुको पहिचान खुलेको छैन। …

Read More »