Breaking News
Home > Programs > Gurkha News (page 10)

Gurkha News

मेलम्चीको काम ठप्प पार्ने चेतावनी

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको छ महीना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय सङ्घर्ष समिति थप आक्रोशित बनेको छ। समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय ठेकेदार र मजदूरको रकम भुक्तानी नभई आयोजनास्थलमा जो कोही नयाँ …

Read More »

ट्रिपरको ठक्‍करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

वीरगन्ज : इदुल फित्र पर्व मनाउन घर आउँदै गरेका दम्पति सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्। कलैया पिलुवा सडकखण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका-२६ श्रीपुरमा मङगलबार दिउँसो ट्रिपरले ठक्‍कर दिँदा बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खुश्बु नेशा खातुनको घटनास्थलमै मृत्यु भएको हो। ना …

Read More »

सर्पको टोकाईबाट भारतमा एक नेपालीको मृत्यु

काठमाडौं । भारतमा सर्पको टोकाईबाट अछामको रामारोशनका एक युवकको मृत्यु भएको छ । अछामको रामरोशन गाउँपालिका वडा नम्वर ७ चाफागाउँका परे भण्डारीको सर्पको टोकाईबाट मृत्यु भएको हो । भारतको उत्तर प्रदेशमा बस्दै आएका मृतक भण्डारी एक शोरुमको चौकिदारको रुपमा काम गर्दै आएका थिए । उनको डिउटी मै रहेको बेला सर्पले …

Read More »

ओली र प्रचण्डको छलफल सकारात्मक, माधव नेपाललाई बालुवाटार बोलाइयो

काठमाडौं । जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाउन सोमबार आयोजित नेकपा अध्यक्षद्वयवीचको छलफल सकारात्मक रुपमा टुंगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको छलफलले ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम मोटामोटी टुंगो लगाएको छ । जिल्ला इञ्चार्ज र सह–इञ्चार्ज दुबैमा केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट हुनेछ । …

Read More »

सरकारले विप्लवसँग वार्ता गर्नुपर्छ : बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बहुमत ल्याएर सरकार निर्माण गरे पनि उदाहरणीय एवं समाजवादी काम गर्न नसकेको आरोप लगाएका छन्। नेमकिपाले आज यहाँ आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति बारेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानमा उल्लेख भएको प्रावधानअनुसार सरकारले समाजवादी काम गर्न …

Read More »

मुख्यमन्त्री पोखरेलको चीन भ्रमणमा जाँदै

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी असार २५ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमण गर्ने भएका छन्। उनले चिनिँया कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको भ्रमणमा जान लागेका हुन्। मुख्यमन्त्री पोखरेलको भ्रमणका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले स्वीकृत प्रदान गर्दै सङ्घीय सरकारसमक्ष सिफारिश गरेको …

Read More »

नेपालमा चार लाख ८५ हजार दुव्र्यसनी

काभ्रेपलाञ्चोक । नेपालमा हाल चार लाख ८५ हजार दुव्र्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङ्कले देखाएको छ। त्यसमध्ये दुई लाख दुव्र्यसनी लागुऔषध छाड्न नसक्ने अवस्थाका छन् भने दुई लाख ८५ हजार छाड्न सक्ने अवस्थामा छन्। लागुऔषध दूव्र्यसन विरुद्धका अभियन्ता प्रहरीका पूर्वउच्च अधिकृतद्वारा आज बनेपामा आयोजित लागुऔषध तथा सुरक्षा विषयक सचेतना कार्यक्रममा …

Read More »

भारतीय वायुसेनाको विमान बेपत्ता

काठमाडौं । भारतीय वायुसेनाको विमान एक विमान बेपत्ता भएको छ । वायुसेनाको एएन–३२ विमान असमको जोरहाटबाट बेपत्ता भएको हो । विमानमा चालक दलका ८ सदस्य र ५ यात्रु गरी १३ जना सवार थिए । बेपत्ता विमानको खोजीका लागि सुखोई–३० र सी–१३० विमान परिचालित भएका छन् । सेनाको एयरबेसबाट उडान भरी …

Read More »

मुम्बईमा रेलबाट खसेर एक नेपाली युवाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा रेलबाट एक जना नेपाली युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ स्थायी घर भएका ३० बर्षीय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकी घटनास्थलमै मुत्यु भएको उनका आफन्तले बताएका छन् । गुजरातको वापिमा काम गर्दै आएका मोहनको …

Read More »

शिक्षिकाको कुटाईबाट १४ जना विद्यार्थी घाइते

दाङ । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार …

Read More »

दाहालको ‘क्षेप्यास्त्र’ ले तरंग

‘यतिबेला किन बोले दाहाल ? ’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत डेढ वर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरे । यो खुलासाले ओली निकै क्रुद्ध बनेका थिए । भारी मन …

Read More »

आगलागीबाट एकजनाको मृत्यु, ४० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौंमा आगलागीमा परेर १ जनाको मृत्यु भएको छ। यसैगरी काठमाडौं, बाँके र नवलपरासी (पूर्व) मा भएका आगलागीबाट करिब ४० लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। कीर्तिपुर नगरपालिका–४ ज्वालादेवी मार्ग बस्ने ७४ वर्षीय देव बहादुर बांनियाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको छ। खाना बनाउने क्रममा …

Read More »

सांसद विकास कोष खारेज गर्न माग

खस्यौली । प्रदेशसभा सदस्यले सांसद विकास कोष खारेज गर्न माग गरेका छन्। प्रदेश नं ५ को आजको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विशेष समयमा बोल्दै संसद् विकास कोषमार्फत रु ६ करोड प्रदान गर्ने विषय खारेज गर्न माग गरेका हुन्। “संसद् र सरकार भिडेको जस्तो देखियो, यो राम्रो भएन”, उनले …

Read More »

धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ: पूर्वराष्ट्रपति यादव

काठमाडौं। पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिल्लो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताएका छन्। नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उहाँले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरीबीका कारण …

Read More »

रेलले किचेर एकै परिवारका दुईको मृत्यु

झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा इन्द्रका श्रीमती डम्बरकुमारी श्रेष्ठ घाइते अवस्थामा रहेको …

Read More »

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु,एक घाइते

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाईते भएका छन्। मकवानपुरको गढी गाउँपालिका – ५ बुङदल देउरालीमा शनिबार चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चट्याङ लागेर घाईते भएकी कान्छीमाया स्याङतान …

Read More »