Home > Featured (page 2)

Featured

बैंकिङ कसुरको अभियोग लागेका कर्णाली सरकारका ठेकेदार मन्त्री खत्री पदमुक्त

बैंकिङ कसुर गरेको अभियोग लागेका कर्णाली प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्गबहादुर खत्री पदमुक्त भएका छन्। फौजदारी मुद्दा लागेका मन्त्री खत्रीलाई बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेको जानकारी दिएका हुन्। मन्त्री खत्रीलाई पदमुक्त गरेसँगै मुख्यमन्त्री शाहीले अर्को व्यवस्था नहुञ्जेल सो मन्त्रालय आफैंले सम्हालेको बताएका छन्। ‘अर्को निर्णय नभएसम्म …

Read More »

खुलेन लोकमार्गको ट्रयाक

काठमाडौं। कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि बढ्यो। चार सय २५ किलोमिटर लामो उक्त लोकमार्ग निर्माणको काम आर्थिक वर्ष २०७३÷७४ देखि शुरु भयो। तर कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने कुनै सुरसार देखिएको छैन। लोकमार्गको ट्रयाक खोल्ने क्रममा दार्चुला, बैतडी र डडेल्धुरामा …

Read More »

बालिका बेचबिखन आरोपमा बाल मन्दिरका निर्देशक पक्राउ

काठमाडौं : बालबालिका बेचबिखनको आरोपमा प्रहरीले बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई पक्राउ गरेको छ। डिना स्मिथ नाम गरेकी बेलायती नागरिकलाई बालिका किनेर बेलायत लान सहयोग गरेको आरोपमा प्रहरीले डंगोललाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार स्मिथकै बयानका आधारमा डंगोल पक्राउ परेका हुन्। स्मिथ पक्राउ परे लगत्तै आफू फस्ने डरले डंगोल …

Read More »

प्रधानमन्त्री मर्माहत

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना …

Read More »

अस्ताए मदनमणि दीक्षित

काठमाडौं : वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको निधन भएको छ। पत्रकार कनकमणि दीक्षितले बिहीबार बिहान दीक्षितको निधन भएको ट्‍विटरमा लेखेका छन्। उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उनले लेखेका छन्। उनी ९७ वर्षका थिए। दीक्षितले ‘माधवी’ उपन्यासका लागि २०३९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। यही साल यो कृतिले साझा …

Read More »

स्कुल बिभागमा अल्झियो नेकपा

काठमाडौं। सत्तारुढ दल नेकपाभित्र विभागहरुको नेतृत्वको विषयमा सहमति हुन नसकेपछि विवाद सतहमा देखिएको छ। विशेष गरी स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको हो। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ। बुधबार बस्ने तय भएको बैठक सहमतिका लागि भन्दै बिहीबार (आज) सम्मका लागि स्थागित …

Read More »

एनआरएनए यूकेको निर्वाचनमा नयां मोड, दुईजनाबीचमा भिडन्त

गोर्खा अनलाइन रेडियो लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनले नयाँ मोड लिएको छ । अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका ५ जना मध्यबाट ३ जना चुनावी अभियानबाट पछी हटेको जानकारी गराएका छन् । मंगलबार अल्डरशटमा एक संयुक्त पत्रकार सम्मेलन मार्फत प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपानेले …

Read More »

नेपाल ट्रस्टको लालपुर्जा भएको जग्गा व्यक्तिका नाममा नामसारी

तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ। हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ। हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेवस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, …

Read More »

घूस बन्द भएको छैन : मन्त्री यादव

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफ्नो मन्त्रालयमा घूस बन्द नभएको बताएका छन् । उनले आफ्नो मन्त्रालयका घूसखोरमाथि कारबाही भइरहेको दाबीसमेत गरे । प्रतिनिधिसभामा मंगलबार सांसदहरूका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री यादवले ‘घूस’ लिन खोज्नेहरूविरुद्ध मन्त्रालय कडा रूपमा प्रस्तुत भएको दाबी गरे । ‘त्यस्ता व्यक्तिलाई अख्तियारले कारबाही गरिरहेको …

Read More »

मालपोत कार्यालयकाे सर्भर डाउन हुँदा दुई दिनदेखि काम ठप्प

भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरको सर्भर डाउन हुँदा दुई दिनदेखि काम ठप्प भएको छ। मालपोतमा सर्भरबाहेक अन्य कर्मचारीसमेत नहुँदा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीसमेतलाई कर्मचारीले दुव्र्यवहार गरेका छन्। रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापासहित पत्रकारहरु रामगोपाल तमखु, सुन्दर शिल्पकार र मोहन बल्लमाथि दुव्र्यवहार गरिएको …

Read More »

मन्त्री खत्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ। उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो। सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० …

Read More »

लण्डनमा पहिलोपल्ट आयोजित बिएनपीएल सुपर ८ कर्पोरेट क्रिकेटको उपाधी नवयुवाको हातमा

गोर्खा अनलाईन रेडियो यूके, लन्डनस्थित केटीएम ट्राभल एन्ड टुर्सको आयोजनामा अगस्ट ११ मा साउथहलस्थित लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्समा पहिलोपटक आयोजित ‘ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता २०१९’ को उपाधि नवयुवा टिमले जित्न सफल भएको छ । प्रतियोगितामा च्याम्पियन बनेर नव युवाले १५ सय पाउण्ड, मेडल, ट्रफी र …

Read More »

नक्कली आमा बन्‍ने प्रयास विफल

काठमाडौं : अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्। ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले …

Read More »

अगाडि बढाइँदै मिडिया काउन्सिल विधेयक

काठमाडौं। राष्ट्रिय सभामा गएको वैशाख २६ गते दर्ता भएर अलपत्र परेको मिडियो काउन्सिल विधेयक अगाडि बढाउन पहल शुरु भएको छ। विधेकमा प्रस्तावित विषयले अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने भन्दै नेपाल पत्रकार महासंघलगायत सरोकारवाला पक्षले आन्दोलन गरेपछि विधेयक अगाडि बढाइएको थिएन। पत्रकार महासंघ र सत्तारुढ दल नेकपाबीच विधेयकमा आवश्यक …

Read More »

कानून व्यवसायी न्याय प्रज्वलन गर्ने अभियानकर्मी हुन् : प्रधानन्यायाधीश राणा

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले कानून व्यवसायी न्याय प्रज्वलन गर्ने अभियानकर्मी भएको बताएका छन् । नेपाल कानून व्यवसायी परिषद्को रजत महोत्सव समापन समारोहमा उनले कानून व्यवसायी अदालतमा प्रतिनिधित्व गर्ने मात्र नभएर समाजमा न्याय प्रज्वलन गराउने अगुवासमेत भएको बताए। “कानून व्यवसायीमा दक्षता, इमान्दारिता र लगनशीलता आवश्यक छ”, प्रधानन्यायाधीश राणाले भने, “कानून व्यवसायीको …

Read More »