Home > Featured

Featured

‘नेपालको सन्दर्भमा व्यापार, विकास र मानवअधिकार’ सम्बन्धि बेलायतमा छलफल

गोर्खा अनलाइन रेडियो, लन्डन । बेलायतवासी नेपालीहरुद्वारा संचालित अंग्रेजी अनलाइन समाचार पोर्टल ‘साउथ एसिया टाइम’ ले आफ्नो स्थापनाकालको वार्सिकोत्सव सम्पन्न गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ‘नेपालको सन्दर्भमा व्यापार, विकास र मानवअधिकार’ सम्बन्धि विषयमा छलफल भएको थियो । लन्डनको पट्नीस्थित …

Read More »

चितुवाको छालासहित दुई जना पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।   जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो। चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ …

Read More »

चार दिनदेखि हवाई इन्धन आयात ठप्प

काठमाडौं। विभिन्न नौ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हवाई इन्धन ट्यांकर चालकको आन्दोलनका कारण चार दिनदेखि हवाई इन्धन आयात ठप्प बनेको छ। हवाई इन्धन ढुवानी रोकेका ट्यांकर चालकहरुले आइतबार ट्यांकरको साँचो ट्यांकर व्यवसायीलाई बुझाएका थिए। शनिबारदेखि ढुवानी रोकेका चालकहरुले आइतबार व्यवसायीसँगको छलफलपछि साँचो बुझाएका थिए। आइतबार आफ्ना मागहरुबारे कुनै सहमति …

Read More »

सभामुख सापकोटाविरुद्धको मुद्दाकाे सुनुवाई आज

काठमाडाैं। सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा साेमबार सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ शुरु भएको थियो। सुनुवाइ नसकिएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका …

Read More »

दामनमा ज्यान गुमाएकालाई क्षतिपूर्ति माग्दै केरलाका मुख्यमन्त्रीद्वारा विदेशमन्त्रीलाई पत्र

मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय नागरिकको परिवारलाई केरलाको मुख्यमन्त्रीले क्षतिपूर्ति दिन माग गर्दै विदेशमन्त्रीलाई चिठी लेखेका छन्।   गत मंगलबार केरलाका नागरिकको मृत्यु भएपछि त्यहाँका मुख्यमन्त्री पिनाराई विजयनले भारतका विदेशमन्त्री एस जयशंकरलाई नेपालसँग क्षतिपूर्तिको माग राख्न चिठी पठाएको भारतीय सञ्चार द न्युज मिनेटले दाबी गरेको छ। …

Read More »

कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौं : नेपाली कांग्रेसले १४औं महाधिवेशन कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय महाधिवेशन पुरानै मितिमा सम्पन्न गर्ने गरी सोमबारको केन्द्रीय कार्यसमिति बैठकले यसअघि पारित कार्यतालिका परिमार्जन गरेको हो। पुस ११ गते केन्द्रीय समिति बैठकले अर्काे वर्ष फागुन ७ देखि १० गते महाधिवेशन गर्ने निर्णय गरेको थियो। वडा : कात्तिक १६ गाउँ/नगर : …

Read More »

मिडिया काउन्सिल विधेयक सहमतिमै पारित गरिने

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सहमतिमै मिडिया काउन्सिल विधेयक टुंग्याएको छ। सोमबार बसेको बैठकले विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउन निर्णय गर्दै सहमतिमा विधेयक टुंग्याएको हो। नेपाली कांग्रेसका सांसदहरूले विधेयकको व्यवस्थाबारे एक पटक दलका नेतासँग छलफल गर्न समय माग गरेपछि समय दिइएको छ। आज साढे ३ बजे विधेयक पारित …

Read More »

नेपालमै कोरोना भाइरसको परीक्षण सुरू

काठमाडौँ — सरकारले नोवेल कोरोना भाइरसको प्रयोगशाला परीक्षण सोमबारदेखि मुलुकमै सुरू गरेको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सोमबारदेखि परीक्षण सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अघिकारी राजेश गुप्ताले हाल टेकु अस्पतालबाट संकलित ३ वटा शंकास्पद नमुनाको परीक्षण सुरू गरिएको बताए। यसको नतिजा बुधबार-बिहीबारसम्म प्राप्त हुनेछ। यो परीक्षणअन्तर्गत ‘पीसीआर टेस्ट’, …

Read More »

ओखलढुङ्गामा जीप दुर्घटना, एकको मृत्यु

ओखलढुङ्गा। ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो। गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा …

Read More »

सर्लाहीको एनसेल टावरमा बम विष्फोट

सर्लाहीको लालबन्दीमा रहेकाे एनसेलको टावरमा बम विष्फोट भएको छ । सोमबार राती १ बजेको समयमा लालबन्दी नगरपालिका-१६ परवानिपुरस्थित एनसेलको टावरमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीका अनुसार विष्फोटबाट टावरमा आंशिक रुपमा क्षति पुगेको छ । बम विष्फोटको ठूलो आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । …

Read More »

गायिका आस्था राउत प्रहरीमा हाजिर

काठमाडौं । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई साेमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो …

Read More »

गैरआवासीय नेपालीका माग सम्बोधन र आवश्यक सहयोग गर्न सरकार तयार छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। काठमाडौँको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधीप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको …

Read More »

पत्रकार महासंघ यूके शाखाको बैठक सम्पन्न, साधारण सभाको तयारी

गोर्खा अनलाइन रेडियो लण्डन । नेपाली पत्रकार महासंघ यूके शाखा संस्थाको साधारणभाको तयारीमा जुटेको छ । शनिबार लण्डनको वुल्वीचमा सम्पन्न कार्यसमिति बैठकले आउँदो दुई-तीन महिनाभित्रै पश्चिम लण्डनमा साधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभाको लागि उपयुक्त भेन्यू र मिति निर्धारण गर्न उपाध्यक्ष विमला सेनेको संयोजकत्वमा त्यस क्षेत्रमा बस्ने कार्यसमितिका सबै …

Read More »

अग्नी सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

काठमाडाैं। प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएका छन्। बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको घोषणा गरेका हुन्। बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत …

Read More »

माइक्रोबस दुर्घटनामा चालकको मृत्यु

झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको सो दुर्घटनामा आज विहान मृत्यु भएका जानकारी दिए। दुर्घटनामा घाइते भएका २० …

Read More »

९ महिनापछि खुल्यो, विश्‍वविद्यालयको ताला

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला नौ महिनापछि शनिबार खुलेको छ । गत चैतको अन्तिम साता नेपाल विद्यार्थी संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । नेविसंघले शनिबार प्रेस विज्ञप्ती जारी गरी विश्वविद्यालयमा उत्पन्न विवाद समाधान गर्ने र व्यवस्थित प्रयोजनका लागि उच्च स्तरीय कार्यदल गठन हुनुका साथै …

Read More »