Home > Blog (page 5)

Blog

चुँदीरम्घामा रामायण घर बन्दै

दमौली, तनहुँ – राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा सो घर निर्माण हुन लागेको हो । भानु जन्मस्थल विकास समितिको सक्रियतामा निर्माण कार्य भइरहेको हो । हालसम्म ८० …

Read More »

प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

वालिङ, स्याङ्जा – स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी रु १२ …

Read More »

बेलायतमा ७४ वर्षिय धनपति राई वेपत्ता

गोर्खा अनलाइन रेडियो यूके,   लण्डन । अल्डरशटमा बसोबास गर्दे आएका एक बृद्धा वेपत्ता भएका छन् । ग्रेटर रसमोर नेपाली समाजका अध्यक्ष जीव बेलवासेका अनुसार ७४ वर्षिय धनपति राई बुधवार विहान देखी वेपत्ता भएका हुन् । ५ फिट ७ इन्च उचाई भएका राई किंस्स रोडबाट विहान ४ बजे देखी हराएका …

Read More »

कैलालीमा चरा पहिचान र संरक्षण गर्न शिक्षकलाई तालिम

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १ मा जैविक विविधता र चराको पहिचान सम्बन्धि दुई दिने तालिम सुरु भएको छ। चरा सरक्षंण नेटवर्क कैलालीको आयोजना र नेपाल पंक्षी संघको सहयोगमा उक्त तालिम सञ्चालन भएको हो। चरा सरक्षणं नेटवर्क कैलालीले घोडाघोडी नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुमा इको क्लब गठन गरिएका विद्यालयका फोकल …

Read More »

मलद्वारमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुई पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित दुई जना पक्राउ गरेका छन् । पछिल्लो चार वर्षमा ३८ क्वीन्टल सुन तस्करीको आरोपमा चुडामणि उप्रेती गोरे समूहमाथि मुद्दा चलिरहेका बेला बिहीबार एक किलो ८६० ग्राम सुन बरामद भएको हो । तस्करीमा भारतीय नागरिक प्रयोग भएका छन् र उनीहरुले अनौठो तरिका …

Read More »

स्वदेशमै रोजगारीका सम्भावना खोज्न आग्रह

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा यतिबेला मुलुकको आर्थिक समृद्धिमा अबका युवाको भूमिका, युवाको नेतृत्व विकास, शान्ति र विकासलगायत विषयमा युवाहरु छलफलका लागि जुटेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र विकासका लागि युवा नेतृत्व’ भन्ने नारासहित शुक्रबारदेखि पहिलो पटक शुरु भएको राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं ५ का …

Read More »

किन रोयो कृष्ण अखेलीको मन (भिडियो)

सधैँको तीजमा जस्तै यो वर्ष पनि सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीले तीज गीत सार्वजनिक गरेका छन् । चर्चित सर्जक शिव अखेलीको शब्द रचनामा सिर्जित गीत जुरेली चरीको स्वर कृष्ण अखेली तथा निशा क्षेत्री निशानाको रहेको छ भने अभिनय प्रकाश भट्ट तथा दिपासा विसीको रहेको छ । प्रकाश भट्टकै निर्देशनमा रहेको …

Read More »

तीन लाखको तरकारी नष्ट

उर्लाबारी, मोरङ – लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको …

Read More »

नहरमा डुबेर बालकको मृत्यु

उर्लाबारी, मोरङ – मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । शवलाई परीक्षणका …

Read More »

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

काठमाडौं। मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ। स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो। ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ …

Read More »

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

इनरुवा – सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती …

Read More »

शिशु हत्या अभियोगमा जन्मकैद

जाजरकोट – अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको …

Read More »

बद्रि पंगेनी र कला पंगेनीको ‘चिटिक्कै मलाई सुहायो’ तीज गीत सार्वजनिक

गोर्खा  अनलाइन रेडियो यूके, लन्डन, हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर गायक बद्रि पंगेनी र गायिका कला पंगेनीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्दमा “चिटिक्कै मलाई सुहायो” बोलको तीजको गीतको म्यूजिक भीडीयो भर्खरैमात्र गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानम मार्फत सार्वजनिक गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत …

Read More »

महिला मृत अवस्थामा फेला

धनगढी – कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँकी ३२ वर्षीया गर्भी चौधरीलाई आफ्नै घरमा आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ । आँखा, खुट्टा र हातमा चोट लागेको अवस्थामा आफ्नै कच्ची घरको कोठामा ती महिलालाई मृत फेला पारिएको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो । प्रहरीले मृतक महिलाका …

Read More »

भीमसेन थापा स्मृति पुरस्कार डा हेल्पटनलाई

काठमाडाँै – राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा जोन हेल्पटनलाई प्रदान गर्ने निर्णय गरेको छ । उहाँलाई रु ५१ हजार १११ राशिको सो पुरस्कारबाट नेपालको इतिहासबारे गहन अध्ययन, अनुसन्धान तथा लेखनमा विशिष्ट योगदान पु¥याई नेपालको इतिहासलाई विश्वको सामुन्ने प्रस्तुत गर्नुभएकोमा पुरस्कृत …

Read More »

ज्वाइँले रड प्रहार गर्दा ससूराको मृत्यु, सासू घाइते

वालिङ, स्याङ्जा – आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको निजकै छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गर्दा घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको …

Read More »