Breaking News
Home > Blog (page 40)

Blog

एनआरएन यूकेद्वारा वेल्स राज्य परिषद गठन, संयोजकमा रामचन्द्र पोखरेल

गोर्खा अनलाइन रेडियो यूके, लन्डन । यही आइतबार वेल्सको कार्डिफमा सम्पन्न पहिलो भेलाले गैर आवासीय नेपाली संघ ( एनआरएन ) यूकेले वेल्स राज्य परिषद गठन गरि रामचन्द्र पोखरेललाई संयोजक तोकेको छ । एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रममा एनआरएन यूके कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, वेल्सस्थित विभिन्न नेपाली …

Read More »

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रलको मूल्य प्रतिलिटर रु …

Read More »

ट्रकमा ढुंगाले लागेर चालकको मृत्यु

चितवन – नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेका छन् …

Read More »

सर्पको बिगबिगीले सर्पदंश ४२ को उपचार

बर्दिवास- प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो । जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका …

Read More »

विद्युत् सेवा अवरुद्ध

बाजुरा – बाजुराको गौमूल गाउँपालिका–२ मा रहेको तुसारीगार्ड लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ । विद्युत्को मेशिनमा खराबी आएपछि विद्युुत् सेवा अवरुद्ध भएको विद्युत् सञ्चालक समितिले जनाएको छ । विद्यत् बन्द भएपछि स्थानीय २५० परिवार अँध्यारोमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालनका लागि स्थानीय उपभोक्तासँग आर्थिक स्रोत अभावका कारण …

Read More »

सहकारीका सञ्चालक पक्राउ

बर्दिबास : बचतकर्ताबाट संकलन गरिएको ४ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारी संस्थाका दुई सञ्चालक पक्राउ परेका छन्। प्रहरीले महोत्तरीको जलेश्वरस्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सञ्चालक समिति अध्यक्ष साबिक गोनरपुरा गाविस–७ तथा हाल जलेश्वर–२ का रवीन्द्रनाथ मल्लिक र …

Read More »

अफगानिस्तानमा युद्धविराम : विद्रोही र सुरक्षाकर्मीबीच अंकमाल र सेल्फी

बीबीसी । इद पर्वका लागि दुबै पक्षले युद्धविराम गरेको अफगानिस्तानमा सरकारले तालिवानहरूसँगको एकपक्षीय युद्धविरामलाई निरन्तरता दिएको छ। राष्ट्रपति असरफ गनीले उग्रवादीहरूलाई सरकारको अग्रसरतालाई स्वीकार गर्दै शान्ति वार्तामा आउन भनेका छन्। इदको अवसरमा युद्धविराम गरिएपछि देखिएका अभूतपूर्व दृश्यमा विद्रोहीहरूले सुरक्षा फौजका सदस्यहरूसँग अंकमाल गरेका र नागरिकहरूसँग मोबाइलमा सेल्फी लिइरहेका थिए। तर …

Read More »

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

रत्ननगर, चितवन – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बिहान करीब ७ बजेको समयमा भएको सो दुर्घटना परी मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो …

Read More »

न्यौपानेले ल्याए दूधपोखरी ताल

काठमाण्डौ – कलाकार महेन्द्र न्यौपानेले लमजुङ दूधपोखरी ताल बोलको लोकगीत बजारमा ल्याएका छन् । महेन्द्र न्यौपाने र मञ्जु बि.क.को आवाजमा रहेको सो गीतको शब्द पनि महेन्द्रले नै लेखेका हुन् । प्रदेशी कलाकार सुर्य खड्काले लय सिर्जना गरेको उक्त गीतमा चर्चित मोडेल प्रकाश सपुत तथा करिष्मा ढकालको अभिनय रहेको छ । …

Read More »

आफ्नै श्रीमतीलाई करणी गर्ने श्रीमान्लाई तीन वर्ष जेल

काठमाडौं। आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान्लाई तीन वर्ष जेल सजाय भएकाे छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् । पीडक श्रीमान्ले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट …

Read More »

दुर्घटनामा मृत्यु हुनेको चार संख्या पुग्यो

चितवन – इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि, तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकजनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ …

Read More »

विश्वकपको कारण ताप्लेजुङका युवा बेपत्ता

ताप्लेजुङ : अविरल वर्षासँगै आएको बाढीले बगाएर ताप्लेजुङमा १ जना बेपत्ता भएका छन् । बिहीबार राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा फुङलिङ नगरपालिका-१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार राई …

Read More »

संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

बागलुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गर्नुभएको छ । प्रगतिशील पत्रकार संघले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संघीयता देशलाई भारी भएको टिप्पणी गर्नुभयो । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, “जसोतसो केही वर्ष धानिएला, अन्ततः संघीयता खारेज …

Read More »

प्रदेश २ ; प्रदेश प्रहरी ऐन पारित

महेन्द्रनगर, धनुषा – प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ । केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी आज मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने …

Read More »

सत्तापक्षकै सांसद गरे बजेटको विरोध

काठमाडौं : प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सत्तापक्षकै सांसदले सरकारको आलोचना गरेका छन् । उनीहरुले बजेटका कारण आफूलाई जिल्ला फर्कन समेत गाह्रो भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद मोहन बानियाँले बजेटका कारण जिल्लामा गएर अनुहार देखाउन समेत समस्या हुने अवस्था सृजना भएको बताए । उनले ओक्रोशित …

Read More »

संसद अवरोध गर्ने सांसदको चेतावनी

काठमाडौं। सांसद मोहन बानियाँले मानव विकास सूचांङ्कमा पछि परेका क्षेत्रलाई उपेक्षा गरे संसद अवरोध गर्ने चेतावनी दिएका छन्। ‘भनुँ भने घर कै बुहारी नभनुँ भने भ्रष्टै परी भने झैं भएकोे छ’ भन्ने उखानबाट विनियोजन विधेयकमाथि आफ्नो भनाइ राख्न सुरु गरेका सांसद बाँनियाले मानव विकासको सूचांकमा पछि परेको, विकासका कुनै पनि …

Read More »