Home > Blog (page 30)

Blog

धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए

मलेखु, धादिङ – धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर …

Read More »

हुण्डी कारोबारी पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले स्रोत नखुलेको रु २० लाख नगद र एक थान मोबाइलसहित काठमाडौँ तारकेश्वरका ७२ वर्षीय बालकृष्ण भण्डारीलाई आज दिउँसो सोह्रखुट्टेबाट पक्राउ गरेको हो । प्रहरीले हुण्डी कारोबारको रकम लिई आउँदै गरेको …

Read More »

दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

फलेवास, पर्वत – तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा रहनुभएको छ भने भाउजु छोरीका साथ सदरमुकाम …

Read More »

प्रधानमन्त्रीसँग पाैने तीन करोडका दुई गाडी, मर्सिडिज मगाउँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन्। जब कि उनीसँग टोयोटाका दुई वटा बुलेटप्रुफ ल्याडक्रुजर प्राडो गाडी पहिल्यै छन्। नेपाली बजारमा ल्यान्डक्रुजर प्राडाको मूल्य दुई करोड ७० लाख छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग दुई करोड रुपैयाँ मूल्यको टोयाटा ल्यान्डक्रुजर, ६३ लाखको स्कार्पियो र थप एउटा …

Read More »

रासस अध्यक्षद्वारा निरीक्षण

राजविराज – राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससको समाचारलाई गुणस्तरीय एवम् प्रभावकारी र निष्पक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश नं २ अन्तर्गत सप्तरीको राजविराजमा रहेका रासस कार्यालयको आज साँझ निरीक्षण गर्नुहुँदै अध्यक्ष अधिकारीले गुणस्तरीय एवम् विश्वसनीय समाचार तथा गाउँघरमा भएका घटनाहरुलाई प्राथमिकता दिनुपर्दछ भन्नुभयो । साथै, उहाँले …

Read More »

नेवारी संस्कृति तथा कला झल्किने मूर्तिकला प्रदर्शनी

काठमाडौँ – नेपाल कला परिषद्मा वरिष्ठ मूर्तिकार चन्द्रश्याम डंगोलको नेवारी संस्कृति तथा कला झल्किने एकल मूर्तिकला प्रदर्शनी भइरहेको छ । दसदिने सो प्रदर्शनीमा बज्रयान बौद्धधर्मसँग सम्बद्ध महामन्जुश्री, लक्ष्मी, बुद्ध चरित्र, लोकेश्वर, पानस, सुकुन्दा, शुभकार्यका प्रतीक गणेश तथा बौद्ध स्तुपा तथा चिभासहित १७ वटा आकर्षक मूर्ति राखिएको छ । इनहेरिटेन्स नाम …

Read More »

सेनाद्वारा सैनिक पदमार्ग निर्माण

बाजुरा – बाजुराको बडीमालिका नगरपालिका– ८ मा रहेको नेपाली सेनाले सैनिक पदमार्ग निर्माण गरेको छ । बडीमालिका नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण गरिएको समरजीत गुल्मका सेनानी विष्णु सापकोटाले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार नगरपालिकाको रु दुई लाख आर्थिक सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको बताउनुभयो …

Read More »

चट्याङको आवाजले बेहोस भएर मृत्यु

सर्लाही। चट्याङको आवाजले बेहोस भएर ईश्वरपुर नगरपालिका-१५ सुक्नाहा बस्ने सपेन्द्र हजामको ८ बर्षीय छोरा आयुष ठाकुरको मृत्यु भएको छ। आफ्नो काका रबिन्द्र ठाकुरसंग गोडैटा नगरपालिका–१० सिसौरिया स्थित बिवाहमा गएको अस्थामा गएराति पानीसंगै परेको चट्याङको आवाजले बेहोस भएका उनको उपचारको लागी जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। यस …

Read More »

एक वडा एक नमूना कृषि फार्म अभियान

फलेवास, पर्वत – फलेवास नगरपालिकाले एक वडा एक नमूना कृषि तथा पशु फार्म स्थापनाको अभियान थालेको छ । फलेवास नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाका ११ वटै वडामा कृषि तथा पशु फार्म स्थापना गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरपरिषद्मा प्रस्तुत भएको बजेटमा कृषि फार्म राख्न १० रोपनी …

Read More »

बाह्रजना बालबालिका बाढीमा फसे

माइ साई, थाईल्यान्ड – उत्तरी थाइल्याडको एक गाउँमा फूटबल खेल्न गएका १२ जना बालबालिका र उनका एक प्रशिक्षक बाढीका कारण फसेका छन् । भारी वर्षापछि आएको बाढीको कारण उनीहरू दुईदेखि एक गुफामा फसेर रहेका सोमबार सरकारी अधिकारहरले जानकारी दिएका छन् । एक गुफामा फसेका ती बालबालिकाको उद्धारको लागि सयौँ उद्धारकर्मी …

Read More »

प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ । तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए …

Read More »

प्रधानमन्त्रीले चीन भ्रमणबारे आज संसद्लाई जानकारी गराउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको आजको बैठकमा जानकारी गराउने भएका छन्। उनी चीनको छदिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका थिए। प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको आजको बैठकमा जानकारी गराउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओलीले भ्रमणबारे …

Read More »

सगरमाथा कप भलिबल फाइनल आज

धनकुटा – चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको १ नं प्रदेशस्तरीय भलिबल खेलको सेमिफाइनलमा सुनसरीले ताप्लेजुङलाई र ओखलढुंगाले भोजपुरलाई पराजित गरेपछि सुनसरी र ओखलढुंगाबीच फाइनल खेल आज हुने निश्चित भएको छ । सोमबार भएको …

Read More »

पहिरोमा परी एकै घरका तीनको मृत्यु

बागलुङ – भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको …

Read More »

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

इनरुवा – सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्ती चौधरीलाई भँैसी गोठमा बसिरहेको अवस्थामा आइतबार राति …

Read More »

पक्की पुलको शिलान्यास

रामपुर, पाल्पा – पाल्पाको रामपुर नगरपालिका– ५ र ६ जोड्ने बहखोलामा पक्की पुल बन्ने भएको छ । तालपोखरा चिप्लेढुंगा सडकखण्डअन्तर्गत पर्ने बहखोलामा निर्माण हुन लागेको पक्की पुलको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आइतबार शिलान्यास गर्नुभयो । नगर प्रमुख थापाले गाउँको विकासका लागि सडक, बिजुलीको अति आवश्यक रहेको बताउँदै तालपोखरा, विजयपुर, …

Read More »