Breaking News
Home > Blog (page 29)

Blog

नेप्से ६ अंकले घट्यो

काठमाडौं । यो सातामा एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्तिम २ दिन र चालु आर्थिक वर्षको पहिलो ३ दिन समेटिएको यो साता ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ …

Read More »

दिउँसोमा काठमाडौं छिर्न नपाउने नियमविरुद्ध धादिङमा ट्रिपर चालकको प्रदर्शन

काठमाडौं । काठमाडौंमा दिउँसोको समयमा टि्रपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले राजमार्गमा प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारको नियम विरुद्ध धादिङका सबै ट्रिपर व्यवसायीले विरोध जनाउँदै पृथ्वी राजमार्गको सिम्लेमा प्रदर्शन गरेका हुन् । धादिङका ८३ वटा ट्रिपर राजमार्ग …

Read More »

अमेरिकामा नेपाली नर्सहरुको संस्था सानको दोश्रो अधिवेशन भर्जिनियामा हुने

वासिङ्गटन डिसी । अमेरिकामा नर्सिङ पेशामा सलग्न नेपाली नर्सको संस्था सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान)को दोस्रो वार्षिक अधिवेशन भर्जिनियाको मनाससमा आयोजना हुने भएको छ। सानको दोस्रो वार्षिक अधिवेशन भर्जिनियाको मनाससमा यही जुलाई २०, २१ र २२ तारिकमा आयोजना हुने सानकी अध्यक्ष मञ्जु संग्रौलाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकी छिन्। …

Read More »

फोहर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै काठमाडौँ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ। बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ। चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको …

Read More »

झोलुंगे पुलबाट पच्चिस सय घरधुरी लाभान्वित

म्याग्दी । दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन्। पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ। रघुगंगा गाउँपालिका–१ मा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सिङ्गल स्पाम प्रविधिमा …

Read More »

सरकारले झारा टार्यो :डा. केसी

जुम्ला – जुम्लामा विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले तत्कालका लागि सरकारसँग वार्ताको औचित्य सकिएको बताएका छन् । सरकारले वार्ताका नाममा झारा टार्ने काममात्रै गरेको भन्दै डा. केसीले माग सम्बोधनका लागि वातावरण तयार नभए सरकारसँग अर्को चरणको वार्ताको औचित्य नरहेको जनाएका हुन्। ‘कर्मचारीमात्रै सम्मिलित वार्ताटोली पठाएर सरकारले झारा …

Read More »

अस्पतालभित्र नाङ्गो नाच

काठमाडौं। प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुम्लामा अनसनत डा. गोविन्द केसीलाई जबरजस्ती राजधानी ल्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र पसी जथाभावी गोली, अश्रुग्यास र लाठीचार्ज गरेर सरकारले नाङ्गो नाच देखाएको बताएका छन्। अहिलेसम्म अस्पतालभित्र यस्तो उदण्ड गतिविधि नभएको भन्दै कांग्रेस सभापति देउवाले यो घटनाको कडा शब्दमा …

Read More »

संचारकर्मी शोभा त्रिपाठीको तीज गीत ‘तिमी चाहिन्छ’ सार्वजनिक

  गोर्खा अनलाइन रेडियो यूके, हिन्दू नेपाली नारीहरुको माहान पर्व तीजको अवसर पारेर संचारकर्मी तथा गायिका शोभा त्रिपाठीको तीज गीत ‘तिमी चाहिन्छ’ बोलको गीतको म्यूजिक भीडीयो उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गायिका शोभा त्रिपाठी र खुमन अधिकारीको स्वर रहेको यस गीतको लय/शब्द खुमन अधिकारीको रहेको छ भने …

Read More »

दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, सबैको सनाखत

रुकुम – वन रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजेतिर धार्पानीमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा …

Read More »

संघमा १५ हजार कर्मचारी थपिने

काठमाडौँ — सरकारले प्रदेशहरूमा निजामती प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ । प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ मन्त्रालय, विभाग, आयोग र संघीय सरकार मातहतका निकायलाई करिब ३० हजार कर्मचारी …

Read More »

को-कोसँग झुक्यो ओली सरकार

काठमाडौं । देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार यति कमजोर देखिन थालेको छ कि सामान्य कर्मचारीले समेत उसलाई घुँडा टेकाउन र गलाउन थालेका छन् । सरकार यतिबेला सबैतिरबाट रक्षात्मक अवस्थामा पुगेको छ । शायद यही रक्षात्मक स्थितिले गर्दा नै प्रधानमन्त्री ओलीले मंगलबार पार्टी …

Read More »

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ। सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको …

Read More »

नेपाल ब्रिटेन डटकमको ११औं वार्सिकोत्सवमा पर्ने चर्चित टपटेनको तयारी पूरा  

गोर्खा अनलाइन रेडियो यूके,  लण्डन । नेपाली डायस्पोराको पुरानो र प्रतिष्ठित सञ्चार संस्था बेलायतस्थित नेपाल ब्रिटेन डटकमले आफ्नो एघारौँ वार्षिकोत्सव आगामी आइतवार एक भव्य कार्यक्रमका साथ मनाउँदै छ । विश्वभर छरिएको नेपाली डायस्पोरा र नेपालबीच सेतुको काम गर्ने उद्देश्यका साथ बेलायतबाट एघार वर्षअघि नेपालब्रिटेनडटकमको प्रकाशन सुरु भएको थियो । कार्यक्रमलाई …

Read More »

सगुनद्वारा एनआर एन यूकेको नेपाल हाउस प्रोजेक्टलाई १ लाख डलरको शेयर प्रदान

गोर्खा अनलाइन रेडियो यूके, लन्डन, सोसल कमर्श प्लेटफर्म सागुनले गैर आवासीय नेपाली संघ (एन्आरएन) युकेको महत्वकांक्षी प्रोजेक्ट नेपाल हाउसको लागि १ लाख डलरको शेयर अर्थात ४ हजार ३ सय ७४ वटा शेयर बराबरको सहयोग हस्तान्तरण गरेको छ । सोसल कमर्श प्लेटफर्म सगुनले भर्खरैमात्र आफूले गर्ने सामाजिक कार्यको लागि १० लाख …

Read More »

मुखमा लुकाएर सुन तस्करी ! दुई जना पक्राउ

काठमाडौं । मुखमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्दै गर्दा दुई जना विदेशी नागरिक मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रइज अहमद र मोहम्मद अजाम छन् । विमानस्थल प्रहरीका उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अहमदको साथबाट १ सय १६ ग्राम र अजामको साथबाट १ सय ३९ …

Read More »

युवती हत्याको आशंकामा युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका-२, वाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका-७, लालपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। पक्राउ परेका बोहरालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको …

Read More »